नेकपा एमाले जिल्ला कमिटि हुम्लाको दोस्रो जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ ।
जिल्ला कमिटिका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा २७ गते साँझबाट सर्केगाडमा सुरु भएको उक्त बठकले १२ जनालाई जिल्ला कमिटि सदस्यमा मनोनयन गरिएको छ, यस्तै विधानले ब्यबस्था गरे अनुसारको २३ सदस्यीय सचिबालय गठन,११ वटा विभाग गठन,४९ सदस्यीय जिल्ला सल्लाहकार परिषद गठन लगायतका निर्णयहरु गरीएको जिल्ला कमिटिका सचिब तिर्थराज बोहराको भनाइ रहेको छ ।
उहाँका अनुसार जिल्ला भर १२ जनालाई जिल्ला कमिटि सदस्यमा मनोनित गरेको बताए । जस अनुसार मानसिंह बुढा, राजेन्द्र शाही, धर्मराज शाही, टेकबहादुर शाही, भिमबहादुर सिंह, ताराविर रावल, सुरेन्द्र लामा, मानबहादुर बुढा, धनमल रोकाया, सोनाम लामा, तन्डुक तामाङ र पुस्कर रोकायालाई जिल्ला कमिटिमा मनोनित गरेको छ ।
यसै गरी आजकै बैठकले सचिवालय समेत गठन गरेको छ । जसमा अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकासबहादुर शाही, सचिब तिर्थराज बोहोरा, उपसचिब प्रदिप लामा, उपसचिब मञ्जु रावल, अजमल बुढा, रमेश ऐडी, प्रतिमा लामा, पुर्ण रावल, याङ्जु रोकाया, दिप बहादुर शाही, जसबहादुर शाही, केन्द्रबहादुर शाही, जगत भियाल, नन्द महतारा, जनक फडेरा, दिनेश रावत, गोरासिंह बोहोरा, अमृते भण्डारी, सोनाम लामा, टेकबहादुर शाही, धनलाल वि क र जयराम रावत गरी २३ सदस्यी सचिवालय समेत गठन गरेको छ ।
जिल्ला कमिटिको दोस्रो बैठकले ११ वटा विभाग समेत गठन गरेको छ । संगठन विभाग प्रमुखमा अध्यक्ष ज्ञामी बुमी, स्कुल विभागमा पनि ज्ञामी बुमीलाई नै जिम्मेवारी दिएको छ । आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष प्रकास बहादुर शाही, प्रचार विभाग प्रमुखमा पाटी सचिब तिर्थराज बोहोरा, स्थानीय विभाग प्रमुखमा उपसचिब मञ्जु रावल, पर्यटन विभाग प्रमुखमा उपसचिब प्रदिप लामा, स्वाथ्य तथा जनसंख्या विभाग प्रमुखमा नन्द महतारा, निर्वाचन विभाग प्रमुखमा पुर्ण रावल,कानुन विभाग प्रमुखमा रमेश ऐडी, खेलकुद विभाग प्रमुखमा दिनेश रावत र सहकारी विभागको प्रमुखमा केन्द्रराज शाहीलाई जिम्मेवारी दिएको बताउनु भयो ।