यातायातको मनपरी भाडाको विगविगी न्युनीकरण गर्न गाउँपालीकाको संयुक्त छलफल गरी भाडा निर्धारण गरेको छ । सवारी यात्रामा नागरीक ठगीएको गुनासो आएपछि चार गाउँपालीका,राजनीतीकदल,यातायात व्यावसायी,प्रहरी प्रसासन, ट्राफिक र सञ्चारकर्मीलाई चँखेल्नी गाउँपालीका अध्यक्ष प्यारीलाल शाहीले पत्रचार गरेर मँगलबार सल्लीसल्लामा संयुक्त छलफल गरी सलीसल्ला देखी बाजुरा सम्मका बिभिन्न स्थानको गाडीभाडा निर्धारण गरेको हो ।
यतीबेला प्रती किलोमीटर ३३ रुपैया लीने गरेका यातायात व्यावसायीले सल्लीसल्लाका अध्यक्ष गणेश शाहीले बताए । यस अघि जिल्ला प्रसासन कार्यलय हुम्लाले निर्धारण गरेको भाडादरमा प्रती कीलोमीटर १२ रुपैयाले यतीबेला झण्डै तेब्बरको भाडा असुली भएको पाईएको छ ।
बेलाबेलाको सडक अवरोद्धमा यातायात व्यावसायीसघले ५ लाख लगानी गरेर सडक सञ्चालन गरेको यातायात व्यावसायीसघ अध्यक्ष शाहीको भनाई छ । उनले थपे ३३ रुपैया नभए तेलको मुल्य नआउने,खटीयका प्रतीनीधी लाई कसरी चित्त बुझाउने लगायतको समस्या देखाए ।
उनको भनाईमा जवाफ दीदै छलफलको अध्यक्षता गरेका चखेली गाउँपालीकाका अध्यक्ष प्यारीलाल शाहीले अबरुद्ध सडक सञ्चालन गर्ने पहिलो दायीत्व सरकारको हो,सरकारले नै सञ्चालन गर्नुपर्छ मर्मतका नामामा भाडा नबढाउन आग्रह गरे ।
सल्लीसल्लाबाट सुर्खेत नेपालगञ्जको भाडामा एक गाडीले ८० हजार देखी एक लाख सम्म लीने गरेको यतायात व्यावसायीसँग बुझेको बताए । अध्यक्ष शाहीका अनुसार भाडा र गाडीको तेलको विषयमै रहेर भर्खरै पालीका पुगेकोले एक अनुभव भई सकेको बताए ।
ताजाकोट,अदानचुली,चँखेल्नी र सर्केगाड गाउँपालीकामा किलो मीटरको २३ रुपैयाँ,डीजेलको दुई सय र पेट्रोलको दुई सय पाँच रुपैया मुल्य,प्रत्येक महिनाको १५ गते चारवटै पालीकाको नियमीत बैठक बसेर थप छलफल गर्ने निर्णय भएको छ । तर डीजेल पेट्रोलको मुल्य बढेको खण्डमा यो पनि बढ्ने छ ।
चँखेल्नीबाट पालीका अध्यक्ष प्यारीलाल शाही, ताजकोटबाट उपाअध्यक्ष सुरेन्द्र थापा,सर्केगाडबाट काबा अध्यक्ष धन बहादुर छत्यालले प्रतीनीधीत्व गरे भने राजनतीतीक दलका प्रतीनीधी,ईलाका प्रसासन कार्यलय सर्केगाडबाट अवकती शाही,सर्केगाड ट्राफिक घनबिर जीसी र अन्य कार्यलयका पधादीकारीहरुको उपस्थितिमा यस्तो निर्णय भएको हो ।
पछिल्लो भाडा निर्धारणले गल्फागाड देखी श्रीनगरको भाडा झन् बढेको छ । गल्फागाड श्रीनगर सम्म दस कीलोमीटरको दुरी छ । सुरुमा एक सय रुपैयामा आवत जावत भईरहेका बेला टीकट काउन्टर स्थापना हुदा दुई सय पुगेको थियो भने संयुक्त छलफलले दुई सय तीन रुपैया हुन पुगेको छ ।