सर्केगाड। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकनमा ९१.० अंक प्राप्त गरी उत्कृष्ट कार्यसम्पादन गरे बापत नेपाली काँग्रेस केन्द्रीय समितीले हुम्लाका सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया लाई सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय ग्रामिण विकास विभाग बाट विद्यावारिधी गर्दै गरेका रोकाया गत २०७९ को स्थानीय तहको निर्वाचनमा हुम्लाको सार्केगाड गाउँपालिका बाट निर्वाचित हुनुभएको थियो ।
नेपाली कांग्रेसले पार्टीबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह (गाउँपालिका र नगरपालिका) प्रमुखलाई सम्मान गर्ने क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सार्केगाड गाउँपालिका अध्यक्ष रोकाया लाई सम्मान गरेको हो ।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान गर्नुभएको हो ।
रोकाय निर्वाचित भए लगत्तै सर्केगाडमा दिगो बिकास योजना तर्जुमाका खाका कोरे जस अन्तर्गत एक गाउँ एक रोडको परिकल्पना लाइ बास्ताबिकमा उतारे। १५ सैयाको सानदार अस्पताल निर्माणधिन अबस्थामा छ। सर्केगाड गाउँपालिका भित्र रहेका माध्यमिक बिधालयहरु डिजिटल अभ्यासमा संचालित छन् ।गाउँ गाउँमा ईन्टरनेट जडान गरिएको छ। निर्माणधिन 4 जि टावर अन्तिम चरणमा रहेकोले अबको केहि दिनमा सुचारु हुने बिश्वास गरियेको छ। कृषि, भौतिक पुर्बधार, पुल कुलेसोमा पनि उत्तिकै बिकास भएको छ।
कम बोल्ने काममा तल्लीन रहने रोकाया समय लाग्छ तर परिवर्तन हुने कुरामा बिश्वास राख्छन् । उनले सर्केगाड गाउँपालिकाको करिब १५ बर्षको predict plan र योजना बैंक तयार पारेका छन् ।
नेपालको संघीय संरचना,राज्य पुनसंरचना पछी निर्मित नेपालको संविधान २०७२ कार्यन्वयन गरी नागरिकहरुको परिवर्तनको आशा र ग्रामिण विकासलाई सिंह दरबार संग जोड्ने पुलको रुपमा दुरदराज बाट महत्वपूर्ण कार्य गरेको प्रति पार्टी सभापति देउवाले प्रशंसा गर्नु भएको थियो ।
यस अघि उत्कृष्ट गाउँपालिकाको अवार्ड सङै नेपाल सरकारले अध्यक्ष रोकायलाइ सिङ्ग्पुर, मोलसिया लगायतका देशहरुमा दीर्घकालीन बिकासको मुल्यांकन गर्ना भ्रमणमा पठाएको थियो।