बडा दशैँ अन्त्रगत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फुलपाती आज घरघरमा भित्राइएको छ ।
घटस्थापनाका दिनदेखी बिधि पुर्वक दुर्गालाई आहवान गरी पुजाआजा गर्दै जमरा राखिएको वा दशैँ घरमा उखु, हदेलो, केराको बोट, धानको बाल, बेलपत्र, पाती, दुबो फुल र अन्य नयाँ पालुवा समेत घरसँगै शत्ति पिठहरुमा बिधि पुर्वक भित्राइएको हो । फुलापती घरमा भित्राउदा देशभर पञ्चेबाजा लगायतका अन्य बाजा बजाएर भित्राउने गरिएको भएपनि जिल्लाको हकमा हालसम्म तामजामका साथ भित्र्याइने चलन नभएकाले भोली एकै चोटी घघरमा फुलपत्र ल्याउने प्रचलन रहेको छ ।
सामान्य रुपमा नागरीकहरुले भोलि पुजा गर्दा आवश्यक पर्ने नजिकै नभेटिने फुपातीहरु मात्र आजै भित्राउने गरेका छन । भने अन्य सबै नजिकैको खेतबारीबाट खोजेर ल्याउने प्रचलन रही आएको छ । अन्य क्षेत्रमाहरुमा बिहानबाट नव दुर्गाको सुरु गर्ने गरिएको भएपनि यस क्षेत्रमा भने साँझ तिर पुजा आजा गर्ने परम्परा रहेको छ । पौराणिक मान्यता अनुसार पुजा गर्दा नौ पातमा ब्रह्माणी, रत्तचण्डीका, लक्ष्मी दुर्गा, लक्ष्मी, दुर्गा चामुण्गा कालिका, शोकहारीणी र कार्तिकी देबीलाई एक एक गरी आहवान गरेर स्रोह सामाग्रीले पुज्नु पर्ने उल्लेख गरिएको छ ।
नव दुर्गा भवानीको साँझपख बास हुने भएकाले बिधि पुर्बक पुजाका लागि आवश्यक सामाग्री जोड जम्मा गर्ने बिधिलाई फुलपाति बढाइ भन्ने गरिएको छ । आज भित्राइएका फुलपातीहरु अर्थात पुजाका आवश्यक सामाग्रीहरु आजै पुजा कोठा तथा जमरा राखिएको घरमा राख्ने प्रचलन रहेको छ । केही समय अगाडी सम्म फुलपातीलाई ध्यान नदिने नागरीकहरु यतिबेला फुलपातीलाई समेत बढवा दिने गरेको पाइएको छ । पुजाको समयमा खाज्दा नभेटिने बिभिन्न सामाग्रीहरु टाढाको दुरीबाट घरमा आजै भित्राइने गरिएको छ ।