अदानचुलीमा आयोजित प्रथम एकता गोल्ड कप भलिबल प्रतियोगिताको उपाधि भण्डारी गाउँ युवा क्लबले हात पारेको छ ।
फाइनलन खेलमा सोरु ३ भिईको एम.भि.सि क्लबलाई ३–१ को सेटमा हराउँदै भण्डारीगाउँले उपाधि जितेको हो । एम.भि.सिले सुरुको सेट २५–२० ले हात पारेको भएतापनि त्यस यताका ३ वटै सेट भण्डारीगाउँले हात पार्दा भिइको समुह फाइनलमा नपुगी हार ब्यहोर्नु पर्दा भिइको समुह दोस्रो स्थान भएको हो ।
त्यस यताका खेलहरुमा २५–१९, २५–१८ र २५–२२ को अन्तरमा भण्डारीगाउँले जित निकालेको थियो । यसअघि यस अघि सिंगोवडाको टिमबाट खेल्ने गरेको भएपनि यस पटक आफ्नै गाउँबाट खेलेको भण्डारीगाउँले प्रथमसँगै नगद ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको एम.भि.सि भिईले रु ४० हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ताँजाकोटको टु ट्वाइन्टी सिक्सलाई पराजित गर्दै बुढागाउँ क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार सहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेको छ । अदानचुली ३ स्थित एकता युवा क्लबको आयोजनामा अदानचुलीमा ६ दिनसम्म चलेको प्रतियोगितामा पालिका सहित पालिका बाहिर र अन्तर जिल्ला गरी १८ वटा टिमले सहभागी भएका थिए ।
खेल सम्पन्न भए लगत्तै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधार सहित वडा अध्यक्षहरु र पाटी प्रतिनिधिहरुको उपस्थितीमा पुरस्कार बितरण गरीएको आयोजकले जनाएको छ । सोही खेलमा उत्कृष्ट स्पाइगरको रुपमा भण्डारीगाउँ युवा क्लबका खेलाडी विस्नु भण्डारीलाई दिइएको छ उत्कृष्ट खेलाडीको रुपमा एम भि सि भिइका खेलाडी नवराज कार्कीलाई घोषित गरी ट्रफी सहित माण पत्र प्रदान गरीएको जनाइएको छ ।
यस्तै सोही दिनबाटै संञ्चालनमा आएको फुटबल प्रतियोगितामा भने क्वाटर फाइनलका ३ खेल सम्पन्न भएका छन । भने एक क्वाटर फाइनल सहित सेमिफाईनलका खेल बाँकी रहेको जनाइएको छ । आज सम्म प्रगतिशिल एफ सि बिगोठिलाई १–० गालेले पराजित गर्दै श्रीनगर एफ सि, एम एफ सि महतारा गाउँलाई १–० अन्तरको गोलले पराजित गर्दै आयोजक हिमालयन एफ सि र कटेज एफ सि सोरु ३ भिईलाई २–१ अन्तरले पराजित गर्दै अनन्त इफ सि फाइनलमा प्रबेश गरेका छन ।