हुम्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेस सरकारका सस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।
कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी(पाखी) ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भएको छ ।
गाउँपालिकाले शुक्रबारबाट सुरु गरेको शैक्षिक सप्ताह कार्यक्रमको उद्धघाटन गर्न हुम्लाको ताँजाकोट गाउँपालिकामा पुगेको शाहीलाई ताँजाकोट चिनाउने मायाको चिनो र २५ किलोको मालाले स्वागत गरेको बताउनु भयो । शाही मुख्यमन्त्री भएकै समयमा ताँजाकोटमा विकासका मुलहरु फुटाएको, गाउँपालिकाको कवाडी देखी डुँग्री सम्मको सडकको लागि बजेटको विनियोजन गरिएको र शिक्षा र स्वास्थ्यका लागि भवनहरु निर्माण गरीएको तथा कृषि क्षेत्रमा पनि थुप्रै लगानि गरेकाले उहाँलाई यस्तो सम्मान गरेको बताउनु भयो ।
साही कार्यक्रमको उद्धघाटन समारोहमा पुगेकी सोही समयमा कृषि मन्त्री रहेकी माओबादी केन्द्र कर्णाली प्रदेस कमिटिकी अध्यक्ष विमला केसीलाई पनि दोसल्ला सहित मायाको चिनोले सम्मान गरेको छ । सोही कार्यक्रममा पुगेको हिमाली गाउँपालिकाका अध्यक्ष सहित अन्य अतिथिहरुलाई पनि सम्मान गरीएको छ ।
ताजँकोट गाउँपालिकाले शैक्षिक गुणस्त वृद्धिको लागि भन्दै आजबाट सप्ताह व्यापी शैक्षिक कार्यक्रमको सुरुवात गरेको छ । सोही कार्यक्रमको उद्धघाटन गर्न पुगेको पुर्वमुख्यमन्त्री शाहीलाई २५ किलोको मालाले स्वागत तथा सम्मान गरीएको बताए ।
गाउँपालिकाको शिक्षा शाँखाले पत्राचार गरेका विभिन्न ४० वटा इभेन्टहरुमा विद्यालय वाइज प्रतिस्पर्धा गराइने भएको छ । विद्यालय वाइज नृत्य प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, देउडा प्रतियोगिता, बादविबाद प्रतियोगिता, हाजीरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, भलिवल प्रतियोगिता, फुटबल प्रतियोगिता लगायत शैक्षिक क्षेत्रसँग सम्बन्धी सम्पुर्ण प्रतियोगिता मार्फत गाउँपालिकामा शैक्षिक जागरण ल्याउनको लागि यो कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
गाउँपालिकाका सबै विद्यालयहरुमा भवन ब्यबस्था भैसकेको अवस्था छ अब शिक्षामा आमुल परिवर्तन ल्याउनको लागि जग बलियो बनाउनु पर्छ शिक्षको जग भनेको प्रा वि, निमाबी र माध्यामिक विद्यालय भएकाले यिनिहरुलाई जागरुक नबनाए सम्म शैक्षिक स्थीती सुधार्न सकिन्न भन्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम गर्न लागिएको अध्यक्ष जैसीको भनाइ छ ।
यस सप्ताव्यापी विभिन्न ४० वटा कार्यक्रमबाट प्रथम हुँने विद्यालयलाई एक लाख रुपैयाले पुरस्कृत गर्ने भएको छ । यस्तै द्धितिय हुँने विद्यालयलाई ७५ हजार, तृतिय हुँने विद्यालयलाई ५० हजार र सान्त्वना हुँने विद्यालयलाई २५ हजार रुपैयाले सम्मान गर्ने शाँखा प्रमुख ढकालले बताउनु भयो ।
उक्त कार्यक्रममा पुर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य छिरिङ दम्डोल लामा(कार्चेन), पुर्वमन्त्री एवं कर्णाली प्रदेस सभा सदस्य रणसिंह परियार, नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस कमिटिकी अध्यक्ष बिमला केसी, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, उपप्रमुख दलु फडेरा लगायत छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल सहित खत्याड गाउँपालिकाका अध्यक्षको उपस्थिती रहेको छ ।