निरन्तरको सुख्खा पहिरोले खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ । कर्णाली करिडोर अन्त्रगत हुम्ला जिल्लाको कुवाडीखोलाबाट खार्पुनाथ सम्म नियमित रुपमा सवारीसाधन सञ्चालनमा ल्याउन सर्केगाड १ जैरीको खच्चा सडकले अबरोध गरेको छ ।
नेपालगञ्ज सुर्खेतबाट आएका मालबाहक ट्रकहरु त्यो ठाउँमा एक दिन नबसेको कुनै छैन । किनकी त्यहाँ कच्ची भुभागका कारण नियमित रुपमा सुख्खा पहिरो गैरहेको छ । हल्का बर्षा हुँने बित्तीकै केही दिन पुर्ण रुपमा अबरुद्ध हुँन्छ । सोही ठाउँमा होटल गरेर बसीरहेका डिलबहादुर बुढाले भने आफुले अहिले सम्म ७ ठाउँमा होटल सारी सकेको छु । सार्दा सार्दै हैरान भैसकेको छु । जता सारेपनि वर्षको पहिरोले बगाई हाल्छ त के गर्नु ?
सर्केगाड गाउँपालिकाको कन्द्रमा पशल ब्यबषाय गरीरहेका अदानचुली १ का लक्ष्मण फडेरा भन्नु हुँन्छ हामी ब्यबषायीको पनि लाखौँको खर्च भैसकेको छ सामान ल्याएर खाच्चामै थन्कीदा हामीहरुलाई घाटा हुँने भएकाले हामी ब्यवषायीहरु पैसा उठाएर कामदार र डोजरलाई पैसा तिरेर सडक बनाउने गरीरहेका छौँ सरकारले ढिला गर्छ यता हाम्रो सामा बिग्रीरहेको हुँन्छ । त्यसकारण यस सडकको विकल्प नखोजे सम्म नागरीकहरुले दुख पाई रहने र नियमित सवारी सञ्चालन हुँन पनि नसक्ने बताउनु भयो ।
गएको कार्तिक ८ गते कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री सहितको टोली सोही बाटो मार्फत हुम्लाको सर्केगाड र ताँजाकोट गाउँपालिकामा पुगेका थिए उनिहरुको ९ गते ताँजाकोटको कार्यक्रममा पुग्नु पर्ने रहेछ तर त्यहाँ सडक अबरुद्ध भएपछि उनिहरुले गाडीहरु त्यतै छौडेर पैदल मार्ग मार्फत आधाबाटोमा आएपछि अर्को पब्लीक जिप मार्फत आएका थिए । उहाँले यसको बारेमा तत्कालै यस सडकको विषयमा सदनमा कुरा उठाउन बताउनु भएको छ ।
उहाँसँगै रहेका हुम्ला जिल्ला प्रतिनिधि सभा सदस्य कार्चन लामाले पनि यसको विकल्प सरकारले नसोच्ने हो भने हुम्लामा मात्र नभई कैलाश मानसरवर दर्शन गर्न आएका दर्शनार्थीहरुले पनि दुख पाउने भएकाले अन्तराष्ट्रिय बेइजत हुँने बताउनु भयो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि हुम्लाका राजनितिक दलको सोही सडक मार्फत सुर्खेत पुर्याउने योजनामा रहेका राजनितिकदलहरु भने असफल भए ।
मुख्यमन्त्री कँडेल सदरमुकाम सिमकोटमा जिल्ला स्थीत राजनितिक दलको बैठक, जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुखहरु सहित स्थानीय तहका प्रमुख तथा उपप्रमुखको बैठक राखेर फर्किए त्यहाँ पनि खार्पुनाथमा बेलीब्रीज बनाउनु पर्ने र खच्च सडक खण्डलाई नियमित गर्न बैकल्पीक सडकको ब्यबस्थापन गर्न माग गरेका छन् ।
मुख्यमन्त्री कँडेलले भने यसलाई नियमित गर्नको लागि नियमित रुपमा संघिय सरकारसँग माग गरिरहेको प्रतिकृया दिनु भो । उक्त सडकमा कर्णाली करिडोर, सडक विभागले क्रमचारी खटाएको छ उनिहरु भन्छन् हामीहरु हरेक दिन खान र बस्नलाई समस्या भएको छ ।
घरहरु टाढा छन् यहाँको एक मात्र होटल पशल छ त्यहाँ बस्न पनि डर लाग्छ किनकी पानी पर्दा बित्तीकै बगाउने डर छ र खान बस्नको लागि सोही अनुसारको खर्च पनि हुँदैन । उक्त क्षेत्रमा सडक विभागबाट खटीएका दानसिंह महतारा भन्छन् हामी हरेक दिन १०।१५ वटा मालबाहक ट्रक तान्ने गरीरहेका छौँ । दिउसो डोजरले सडक बनाउने राती भत्केर फेरी उस्तै बनाइदिन्छ, नधुलो भन्नु छ न खाना नपानी साह्रै समस्या भएको बताए ।
यस्तै कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकखण्डको धारापोरीमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सुख्खा पहिरोका कारण दुई सय मिटर सडक पुरिएको धारोपोरीका स्थानीय कृष्णबहादुर शाहीले जानकारी दिए।
सडक अवरुद्ध भएपछि सिमकोटबाट गएका यातायातका साधन चारटाँगेसम्म पुगेर फर्किने गरेका छन्। सडकमा मानिस आउजाउ गर्न नसक्ने भएका कारण पैदल यात्रुहरु र खच्चड चौगानफया गाउँ भएर जाने गरेका छन्। पहिरोले तीन वटा विद्युतका पोल ढाल्दा विद्युत सेवासमेत अवरुद्ध भएको छ।
पहिरोले खानेपानीको पाइपमा पनि क्षति र्पुयाएको छ । आइतबार साँझ करिब ५ बजेबाट खस्न सुरु भएको सुख्खा पहिरो आज दिउँसो २ बजेदेखि रोकिएको छ । हिल्सा–सिमकोट सडक आयोजनामा दाप्चा आरएन जेभी हेटौंडाले निर्माण कार्य जारी राखेको थियो। सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण कार्यसमेत रोकिएको छ ।
निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सरोज रावतले माथिबाट सुख्खा पहिरो खस्ने क्रम नरोकिँदासम्म पहिरो पन्छाउने कार्य गर्न कठिन हुने बताए ।