हुम्ला । हुम्ला जिल्लाको गाउँ गाउँमा यात्रुवाहक ठुलाबसहरु पहिलोपटक पुग्दा स्थानीय नागरीकहरु खुसी भएका छन् । यस अघि बोलेरो जिपहरु मार्फत नागरिकहरु यात्रा गर्ने गरि रहेको भएपनि अब गाउँ गाउँमा ठुलाबसहरु पुग्दा नागरिकहरु खुसी मात्रै नभई भाडामा समेत सस्तो पर्ने भएका छन् ।
अदानचुली ताँजाकोट लगायतको क्षेत्रबाट यस अघि बोलेरो जिप मार्फत सुर्खेत सम्म यात्रा गर्दा खान बस्न बाहेक भाडा मात्र ६ देखी ८ हजार सम्म तिर्दै आएका नागरीकहरु अब ३ हजारमै नेपालगञ्ज सम्म पुग्न पाइने भएकाले नागरीकहरु खुसी हुँदै हिजो आज अधिकांस नागरिकहरु बस मार्फत यात्रा गर्न थालेका छन् ।
कार्तिक १० गतेको दिन सुर्खेत नेपालगञ्ज हुँदै सर्केगाड सम्मको लागि १ मिनि बस र २ वटा ठुला बसहरु आए पनि यातायात समितिहरुको सिन्डीकेटका कारण नेरघाटबाट फर्किएका बसहरु अहिले पनि उनिहरुलाई छल्दै आउने गरेका छन् । बसहरु सञ्चालनमा आउदा सबै नागरीकहरु खुसी देखीए पनि यातायात समितिकै कारण बसहरु चल्न नपाएकाले पछिल्लो समय नागरीकहरु समितिहरुमा आक्रोस पोख्न थालेका छन् ।
सोही विषयलाई लिएर यात्रुहरुलाई यसरी अलपत्र पारेर यातायात समितिले यसरी बसहरुलाइ रोक्नु राम्रो नभएको भन्दै तत्काल बसहरुलाई सञ्चालनमा ल्याएर नागरीकहरुलाई सहज यात्र गराउनु पर्ने बताए उहाँका अनुसार यातायात समिति सबै बाजुराका भएकाले बाजुराले यसको पहलकदमी गर्नु पर्ने र यसरी रोक्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । यदी यातायात समितिले तत्काल बसहरुलाई बिना रोकठेक सञ्चालनमा आउन नदिए सदननमा कुरो उठाएर समस्या समाधान तिर लाग्ने बताउनु भयो ।
यस्तै कर्णाली प्रदेस सभाका सदस्य समेत रहेका मुर्ब उर्जा मन्त्री रणसिंह परियाले पनि आफुले यस अघिनै सदनमा कुरा उठाइ सकेको र तत्काल सञ्चालनमा ल्याउन आफ्नो पहलकदमी निरन्तर रहने बताउनु भयो । अर्को प्रदेस सभा सदस्य हमाले पनि आफु निरन्तर यो विषयमा लडि रहेको प्रतिकृया दिनु भयो ।
यस्तै केहि दिन अघि मात्र हुम्ला जिल्लाको सदसमुकाम सिमकोटमा आएर फर्किनु भएका कर्णाली प्रदेस सरकारका मुख्यमन्त्री यमलाल कँडेललाई पनि यहाँका नागरिक र जनप्रतिनिधिको गुनासो सडक सञ्चालनमा ल्याई नागरिकको सहज यात्रालाई ध्यान दिन आग्रह गरेका थिए तर उक्त विषय संघिय सरकार मातहतको भएकाले प्रमुख जिल्ला अधिकारी मार्फत तत्तका सहजीकरण गर्न आग्रह गर्नु भएको छ ।
यता आज ताँजाकोट गाउँपालिकाको केन्द्रमा राधाकृष्ण यातायात प्राइभेट लिमिटेडको ना ५ ख ७३५६ नम्बरको यात्रुवाहक बस पुग्दा त्यहाका नागरीकहरु खुसी भएको ताँजकोट बाट पदमबहादुर बुढाले खबर पठाउनु भएको छ ।
नेपालगन्ज देखी २ दिन लागाएर पुगेको बस यात्रहरूको माग अनुसार र यात्रुहरुलाइ यात्रामा सुबिधा दिन आएको चालक झलक्मान खत्रीको भनाइ छ । ४२ जना सिट क्षमता भएको उक्त बसले ताजाकोटबाट २७ जना यात्रु सुर्खेत , नेपालगन्जका लागी टिकट काटेको पनि उहाँले बताउनुभयो । रोडको अबस्था खराब भएपनि गाडीमा सहज यात्रा हुने हुँदा र सामानहरु धेरै लग्न सकिने भन्दै उहाले खुसी व्यक्त गर्नु भएको हो ।
उहाका अनुसार अब ताजाकोटमा यात्रुहरूको संख्या धेरै भयको समयमा सधै बस संचालन हुने बताए । ताजाकोट देखी नेपालगन्ज सम्मको सहज र ३ हजार भाडा दर हुँदा यात्रुहरुले आफु खुशी भएको बताए बस गाउँमा पुग्दा स्थानियहरुले चालक र सहचालकलाई फुलमालाले स्वागत गरेका हुन ।