हुम्लाको खार्पुनाथमा बेलीब्रिज बन्ने प्रकृया अघि बढेको छ ।
कर्णाली करीडोर अन्त्रगत नेपालगञ्जबाट सिधै हिल्सा हुँदै मानसरवर जानको लागि खार्पुनाथ स्थीत सुवाखोलाबाट आउने खोलामा पुल नबन्दा सवारी साधानहरु खार्पुनाथ सम्म मात्र जाने गरीरहेका छन् ।
यस अघि पक्की पुल बनाउने पटक पटक ठेक्का प्रकृया अघि बढी बनाउन सुरु गरीएको भएपनि तलबाट निस्कीने तातोपानीका कारण अहिले सम्म पुन बन्न नसकेको अबस्थामा जिल्लाका सम्पुण राजनितिक दलहरुले नेकपा एमालेका उपमहासचिब प्रदिप ज्ञवाली मार्फत र कर्णाली प्रदेस सरकारका मुख्य मन्त्री यामलाल कँडेललाई ज्ञापन पत्र नै बुझाएका थिए ।
सोही अनुसार संघिय सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले मिति २०८१ साल कार्तिक २० गतेका दिन टिप्पोणी आदेश उठाई पुलको अभावमा राष्ट्रिय राजमार्गको पहुँच बाहिर रहेको सिमकोट जोडने साढे ४८ मिटर लामो बेलिब्रिजको सम्पूर्ण सामाग्री भौतिक मन्त्रालयले उपलब्ध गराउने र ढुवानी तथा जडानलाई द्रुतगतिमा सम्पन्न गर्न रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई जिम्मा दिने निर्णय भएसँगै अब बेलिब्रिज निर्माणले गति लिने भएको छ ।
असोज ३० गते हुम्ला पुगेका नेकपा एमाले उपमहासचिब प्रदिप ज्ञवालीले खार्पुनाथ पुल सँगै मानसरवर जाने सडक र लिमि लाप्चा मार्फत कैलाश पर्बतको दर्शन गर्न जाने सडकको अनुगमन गर्नु भएको थियो सोही अवसर पारी जिल्लाका राजनितिक दलहरुले सामुहिक ज्ञापन पत्रको १ नम्बरमा खार्पुदोभानमा बेलीब्रिजको माग राखीएको थियो ।
हुम्लाको सोही नासोलाई बोकेर उपमहासचिब पौडेलले कार्तिक १४ गतेका दिन प्रधानमन्त्री केपी शर्मा वलीलाई बुझाउँदै तत्काल कार्यान्वयन नगरे हुम्लेली जनताले दुख पाउने बताउनु भएको थियो उहाँका अनुसार तत्काल प्रधानमन्त्री केपिशर्मा वलीले सम्बन्धीत निकाय सडक विभिाग र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशान दिदै सडक विभागले टिप्पोणी आदेश उठाएसँगै प्रकृया अगाडि बढेको बताउनु भएको छ ।
कार्तिक १३ गते हुम्ला पुगेका मुख्यमन्त्री कर्णडेले जिल्ला स्थीत राजनितिक दल र जिल्लाका सम्पुर्ण कार्यालय प्रमुखहरुको बैठक बोलाई सुझाब लिने क्रममा पनि तत्काल बेलीब्रीज निर्माण गर्दिन हुम्लाको पहिलो माग रेको थियो ।
कार्तिक १५ गते मुख्यमन्त्री सुर्खेत फर्किदा वित्तकै संघिय सरकारलाई तत्काल खार्पुनाथको बेलीब्रीज बनाउनु पर्ने संघिय सरकारलाई अनुरोध गरेको मुख्यमन्त्रीका सोकिय सचिब सुर्यमणी गौतमले बताए । सो लगत्तै अब सडक विभिाग, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बेलीब्रीजलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराई नेपाली सेनाले तत्का निमार्ण गर्ने भएको छ ।
अब यसलाई कार्यान्वयनको लागि आ आफनो तर्फवाट पहलकदमी लिन सबैलाई मुख्यमन्त्री कँडेलले अनुरोध गर्नु भएको छ ।