दैलेख ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले व्यक्ति विशेषका कमजोरीलाई लिएर सिंगो व्यवस्था नै असफल भयो भन्ने तर्क प्रस्तुत गर्न नहुने बताउनु भएकोछ ।
नेपाल पत्रकार महांसघ दैलेखले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले राजनीतिक दलभित्रका एक आध व्यक्ति गरेका कमजोरीलाई लिएर व्यवस्था नै असफल भयो भन्ने तर्क जायज नभएको बताउनु भएको हो । ’हाम्रा कमजोरीहरु होलान ति कमजोरीहरु सच्चाउँदै जानुपर्दछ, खराब काम गर्नेहरुलाई जनताले स्वतः बहिष्कार गर्छन, मुख्यमन्त्री कडेलले भन्नुभयो तर व्यक्तिका कमजोरीलाई व्यवस्थाप्रति नै औलो ठ्याउने काम उचित होइन ।
लामो समयको संघर्षपछि जनता नै सार्वभौम हुने गणतान्त्रिक व्यवस्था प्राप्त भएको चर्चा गर्दे मुख्यमन्त्री कडेलले व्यक्तिका कमजोरीलाई लिएर जनतामा निरासा बाँडने तर्फ सजग हुन पाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ’हामीले अभ्यास गरेका कतिपय कामप्रति नागरिकमा सकारात्मक भावना छैन, त्यसलाई सुधार्दे जानु हाम्रो कर्तव्य हो तर व्यक्तिले गरेका बदमासीलाई व्यवस्थासँग जोडेर जनतालाई निरासा बाँडनेतर्फ हामी होसियारी हुनुपर्छ । ”
लोकतन्त्रमा राम्रो काम गर्न सक्दा मन नप।उने पनि मन पराउने तर राम्रो काम गर्न नसक्दा मन पराएकाले पनि छाडेर जान्छन भन्ने कुरा आफूलाई राम्रो हेक्का भएको बताउदै मुख्यमन्त्री कडेलले गर्न नसक्ने आश्वासन बाँडनु भन्दा नागरिकलाई साँचो कुरा मात्र बताउनु पर्ने धारणा राख्नुभयो ।
विकास र भूगोल, सामर्थ र साधनको हिसावले कर्णाली प्रदेश कमजोर रहेको धारणा राख्दै मुख्यमन्त्री कडेलले विकास र समृद्धिमा एकलै जस लिनुभन्दा सबैलाई संँगै हिढाउने आफूले प्रत्यन्न गरेकाृे तर्क राख्ुभयो ।
धार्मिक पर्यटन र कृषिको व्यवसायिकरणबाट दैलेखकलाई समृद्धि बनाउन सकिन्छ भन्ने आफूले पाएको उल्लेख गर्दे मुख्यमन्त्री कडेलले पेटोलियम पर्दाथको अनुसन्धानले राम्रो परिणाम निस्कन सके त्यसले दैलेखको अझै माथि उठाउन खेल्ने धारणा राख्नुभयो ।
सुधारको अभियानमा सबैले समर्थन गर्ने तर अभियान शुरु गर्दा कहिलेकाही एकलै परिने दृष्टान्त पेश गर्दे मुख्यमन्त्री कडेलले सुधारको अभियानमा एक्लै पर्दा पनि नडमाउने गरि खुट्टा टेक्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।