हुम्ला जिल्लाका अधिकांस गाउँमा सडक सञ्जालले जोडीएको भएपनि हुम्लाका दुई गाउँका नागरिक अहिले १।१ दिन पैदल हिडेर गाउँपालिका पुग्न बाध्य भएका छन् ।
गाउँपालिकाबाट निकै नै टाढा रहेका हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ को मासपुर र चंखेली गाउँपालिका वडा नम्बर ५ को नेप्काका नागरिकहरुलाई सडक सञ्जालमा जोडीन सरकारले बजेटको खोलै बगाएपनि बर्ष दिन लाग्छ होला किनकी गाउँपालिकाको केन्द्रबाट लगातार हिड्यो भने ८ घण्टाको पैदल बाटो छ । त्यहाँ भिर पाखा उत्तीकै छन् ।
दुबै गाउँमा एक एक विद्यालयहरु छन् त्यहाँ सामुदायिक स्वास्थ्य ईकाई पनि छन् तर वडा कार्यालय देखी गाउँपालिकाको कार्यालय जान भने एक दिन जान र एक दिन आउन गरी २ दिन नलगाई घर पुग्न सकिदैन ।
विद्यालयमा चाहिने जन्म दर्ता देखी विभिन्न आवश्यक सिफारीसको लागि पनि गाउँपालिकाको केन्द्र नपुगी सुखै छैन राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका ति विद्यालयहरुमा पठनपाठन गर्न र फोटो खिच्नका लागि आवतजावत गर्नु पर्दा समेत कम्तीमा पनि एकदेखि दुई दिनसम्म लाग्ने गर्दा विद्यार्थी मर्कामा पर्दै आएका छन् ।
चंखेली गाउँपालिका वडा नम्बर ५ को डाँफे आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थीले गाउँपालिका शिक्षा शाखामा बुझाउनु पर्ने नियम भएका कारण विद्यार्थीहरू एकदिन लगाएर गाउँपालिका केन्द्र पिप्लाङमा पुग्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् ।
पालिका केन्द्र पिप्लाङमा आउँदा एक र जाँदा एक दिन गरी दुईदिन लाग्ने गर्दछ । जसका कारण आफूहरूको पठनपाठन प्रभावित हुने गरेको कक्षा ८ मा अध्ययनरत छात्रा सुजता तामाङले गुनासो गरिन । कक्षा ८ को अर्धवार्षिक परिक्षाको फर्मको लागि फोटो खिच्ने काम गाउँमा नुहुँदा पालिका केन्द्र पुग्न बाध्य भएको तामाङले भनिन् ।
प्रधानाध्यापक बच्चुलाल चौधरीले विद्यालयमा फोटो खिच्ने स्रोतसाधन नभएका कारण गाउँपालिका केन्द्रमा पुगेर फोटो खिच्नुपर्ने बाध्यता भएको बताए । कक्षा ८ मा नौ जना अध्ययनरत छन । उनीहरू सबै जना एक दिनको बाटो लगाएर फोटो खिचेर फर्कने गर्दा पठनपाठन समेत प्रभावित हुने गरेको बताए ।
यता ताँजकोट ३ को मासपुरमा पनि उस्तै समस्या छ गाउँपालिकाले पटक पटक घुम्ती शिबिर चलाएर सेवा दिने गरेको छ । शिबिरमा स्वास्थ्य,कृषि, पशु लगायत वडाबाट दिईने सम्पुर्ण सिफारीस दिनका लागि वर्षको एक पटक घुम्ती शिबिर चलाएर सेवा दिई रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र स्याङ्कुको भनाई छ ।
उनले भने त्यहाँ हाम्रो मात्र स्रोत साधनले सडक लिन नसकिने अवस्था भएकाले बाजुराको हिमाली गाउँपालिका र हामीले संयुक्त लगानिमा सडक लिने सहमती गरी सकेका छौँ अब छिट्टै सडक पुर्याउने लक्ष राखेका छौ । बाजुको पनि युनाबौडी भन्ने गाउँमा सडक पुगेको छैन । वारी मासपुर छ भने बिचमा कुवाडी खोला रहेको छ त्यसको ठिक पारी गुम्बा, युवना बौडी रहेकाले दुबै गाउँपालिका मिलेर संघिय सरकारलाई अनुरोध गरेको बताउनु भयो ।