हुम्लाको अदानचुली गाउँपालिकामा रहेको राइढुंगा निमार्ण गर्नको लागि त्यहाँका स्थानीयले धार्मिक सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ भण्डारी गाउँ नजिकै एउटा ठुलो ढुंगा छ परापुर्व कालमा ( जतीबेला राइकोटे राजाको शाशनकालमा)उक्त ढुंगामा भगवान शिब र पार्वती बसेर तपस्या गरेको किम्बदन्ती छ सोही अनुसार स्थानीय सरकारकै सहयोगमा सानो मन्दीर बनाइएको छ । उक्त मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनको लागि उक्त महायज्ञ गरीएको आयोजक समितिका अध्यक्ष प्रेमबहादुर भण्डारीले बताउनु भयो ।
यस क्षेत्रमा क्षेत्रीहरुको मात्रै बसोबास छ त्यो ठाउँमा मंसिर २ गतेबाट पहिलो पटक सुरु भएको सप्ताह ज्ञान महायज्ञ भोली(शनिवार)सकिने भएको छ । उक्त सप्ताह ज्ञान महायज्ञमा बाजुराको हिमाली गाउँपालिका निवासी प्रमुख कथा बाचक बालब्यास पण्डित धर्मराज उपाध्यायले कथा बाचन गरीरहनु भएको छ ।
मन्दिर निमार्ण गर्नको लागि दान गरी रहेका छन् रु.५००। सम्म दान गर्नेहरुको रकम दान पेटीकामा राखीने गरेको छ । रु.१००० सम्म दान गर्नेलाई रसिद सहित पुस्तक उपलब्ध गराइएको छर रु.५००० भन्दा माथि सहयोग गर्नेहरुको लागि शिलालेखमा नाम लेखीने भएकाले अहिले सम्म सबैभन्दा धेरै अदानचुलीका बिशाल भण्डारीले रु.३५ हजार रुपैया दान गर्नु भएको छ । यसै गरी चित्र भण्डारीले आफ्ना बुवाको नामबाट रु.२५ हजार रुपैया सहयोग गर्नु भएको आयोजकले जनाएको छ । यिनिहरु सहित अदानचुलीका थुप्रै नागरीकले दान गर्नु भएको बताए ।
दिनहुँ भागवत, पुरा, बेद लगायत रामलिला, कृष्ण लिलाको समेत कथा सुनाएपछि यस क्षेत्रका अधिकांस जेष्ठ नागरीकहरुको घुइचो लाग्ने गरेको छ । आज छैटौँ दिन सुर्योदय मावि र छत्रपाल आवीका शिक्षक विद्यार्थीहरु समेत कथा सुन्नको लागि उक्त सप्ताह ज्ञान महायज्ञमा आएको जनाएका छन् उक्त मन्दिर निमार्णको लागि आ आफ्नो गक्षअनुसारको दान र भेटी समेत चठाउने गरेका छन् । सप्ताह ज्ञान महायज्ञको छैटौ दिन आज(शुक्रबार) ६ बजेबाट लाख बत्ति बाली सो सम्बन्धी भजन कृतन गरेको बताए ।
बिशेष गरी लाखबत्तीले शरीर शुद्धि एवं पाप प्रायश्चितको लागि गर्ने प्रचलन रहेको छ । लाख प्राय पुराणको साङ्गेमा बाल्ने गरिन्छ । अरुबेला भने अग्नि हवन रुद्रि जुरेको दिन पनि बाल्न सकिन्छ तर यस क्षेत्रमा प्राय सप्ताहको छैटौँ दिनको साँझ ६ बजे देखी ८ बजे सम्म बाल्ने गरी रहेकाले सोही अनुसार यस महायज्ञमा १ लाख २१ हजार बत्ती बालेकोे प्रमुख कथाबाचक बालब्यास धर्मराज उपाध्यायले बताउनु भएको छ ।