हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको मतदानमा ६६ प्रतिशत मत खसेको छ बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताउनु भएको छ ।
उहाँका अनुसार गाउँपालिका भरी जम्मा १३ वटा मतदान केन्द्र गरी ६ हजार ८ सय १० मतदाता मध्ये ४ हजार ५ सय २४ मतदाताको मत नखेसेको बताउनु भएको छ ।
सर्केगाड गाउँपालिका वडा नम्बर १ मा ३ वटा मतदान केन्द्र रहेका छन् जसमा सरस्वती माबी जैरको क र ख मतदान केन्द्रमा १ हजार ९१ मतदाता रहेकोमा जम्मा ५ सय ९७ मत मात्र खसेको छ जसमा ४ सय ९४ मतदाता मत हाल्न नआएको बताउनु भएको छ । वडा नम्बर १ कै तुम्चमा रहेको देबल आधारभुत विद्यालय मतदान केन्द्रमा रहेका २ सय ३५ मतदाता मध्ये १ सय ७२ मत मात्रै खेसेको छ र ६३ मत खसेको छैन ।
वडा नम्बर २ को लालीगुरास माबी लिम्ने मतदान केन्द्रमा रहेका ७ सय ७५ जना मतदाता मध्ये ५ सय १५ मात्रै मत खसेको छ उक्त केन्द्रमा २ सय ६० मत नखसेको हो । सोही वडा कै देबकोटा आधारभुत विद्यालय केन्द्रमा रहेका ६ सय ९१ मतदाता मध्ये ४ सय ४८ मात्रै मत खसेको छ भने २ सय ४३ मत खस्न सकेको छैन ।
सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको वडा नम्बर ४ को हिमज्याती माध्यामिक विद्यालय केन्द्रमा ७ सय ९४ मतदाता मध्ये ५ सय ३७ मात्रै मत खसेको छ भने २ सय ५७ नखेको छैन ।यस्तै वडा नम्बर ५ को धुमचुली आधारभुत विद्यालय मतदान स्थलमा २ सय ९ मतदाता मध्ये जम्मा १ सय ४२ मात्र खसेको छ भने ६७ मत नखसेको हो । सोही वडाकै भवानी आधारभुत विद्यालय गोठी मतदान स्थलमा भएका ४ सय ६४ जना मतदाता मध्ये २ सय ८४ मत मात्रै खसेको छ भने १ सय ८० मत नखसेको बताउनु भएको छ ।
वडा नम्बर ६ मा रहेको इस्वर आधारभुत विद्यालय केन्द्रमा ३ सय २० मतदाता मध्ये २ सय ५० मत मात्रै खसेको छ । त्यहाँ पनि ७० मत खसेको छैन सोही वडाकै स्वयम्भु आधारभुत विद्यालय मतदान स्थलमा रहेका ५ सय ५ मतदाता मध्ये ३ सय ५२ ले मात्र मत खसलेका छन् भने १ सय ५३ मतदाताले मत खसाएका छैनन् ।
अर्को नेकपा एमालेबाट उम्मेदवार जाना शाही रहेको मतदानकेन्द्रमा ९ सय १४ मतदाता रहेका छन् उक्त मतदान केन्द्रमा जम्मा ६ सय ५१ मत मात्रै खसेको छ भने बाँकी २ सय ६३ मत नखेको हो । नेपाली काँग्रेशबाट उम्मेदवार रहेका सबिता बुढा र नेकपा माओबादी केन्द्रबाट उम्मेदवार रहेकी देबकी तिमल्सीना भएको अंशुबर्मा आधारभुत विद्यालय मतदानकेन्द्रमा जम्मा ५ सय २८ मतदाता रहेकोमा जम्मा ३ सय ७२ मत खसेको छ भने त्यहाँ पनि १ सय ५६ मत नखसेको हो ।
सोही वडाकै निल्कण्ठ प्राथमीक बिद्यालय आधारभुत विद्यालय मतदान केन्द्रमा रहेको २ सय ८४ मतदाता मध्ये २ सय ४ मत खसेको हो भन ८० मत नखसेको बताउनु भएको छ । जसमा महिला २ हजार १ सय ९५ रहेका छन् भने २ हजार ३ सय २८ जना पुरुषको रहेको छ समग्रहमा सर्केगाड गाउँपालिकामा ६६ प्रतिशत मत खसेको र सबै ठाउँमा शान्तीपुर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनु भएको छ ।