हिजो आइतबार सम्पन्न उपनिर्वाचन २०८१ को २९ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । भने १३ स्थानमा अहिले मतगणना जनारी रहेो निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०८१ मा ४४ स्थानमा निर्वाचन हुने भनेता पनि त्यसमा २ स्थान जिल्ला समन्वय समितिको थियो । बाँकी ४२ स्थानमा स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढेकोमा १ स्थानमा नेकपा(माओवादी केन्द्र) निर्विरोध भएपछि ४१ स्थानमा हिजो चुनाव सम्पन्न भएको हो ।
यस अघि २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसले जितेको २४ स्थान, नेकपा(एमाले)ले जितेको ७ स्थान, नेकपा(माओवादी केन्द्र) ले जितेको ७ स्थान,जसपाले जितेको २ स्थान रस्वतन्त्रले जितेको १ स्थानमा हिजो निर्वाचन भएको हो ।
निर्वाचन आयोगका अनुसार अहिले सम्म घोषित ३५ स्थान मध्ये नेपाली काङ्ग्रेसले १५ स्थानमा जितेको छ भने नेकपा(एमाले)ले ७ स्थान, नेकपा(माओवादी केन्द्र) ले ७ स्थान,जसपाले २ स्थान, रा स्व पा , एकिकृत स्माजबादि, नेमकिपा र स्वतन्त्रले १।१ स्थान जितेका छन ।
कुन पाटीले कहाँ जिते ?
नेकपा एमाले
१, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी
२, महोत्तरीको रामगोपालपुर नगरपालिका२ मा एमालेका सकिवुल खाँ विजयी
३, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी
४, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ विजयी
५, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान विजयी
६, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी
७, दैलेखको महाबु गाउँपालिकाको अभ्यक्षमा नेकपा (एमाले)का जंग बहादुर शाही विजयी।
नेपाली काँग्रेश
१, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
२, रौतहटको इशनाथ नगरपालिका ७मा काँग्रेसका शेख अब्दुल खलिक विजयी
३, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका५ मा कांग्रेस मोती राम खत्री विजयी
४, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी
५, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी
६, दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी
७, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन विजयी
८, सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह विजयी
९, बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा विजयी
१०, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी विजयी
११, रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी
१२, तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी
१३, कञ्चनपुरको भीमदत्त नगरपालिका६ मा कांग्रेसका प्रकाश चन्द विजयी
१४, हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी
१५, कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छा कुमार महर्जन विजयी
नेकपा माओबादी केन्द्र
१, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब मगर विजयी
२, धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी
३, नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीका कृष्ण घिमिरे विजयी
४, उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तावा विजयी
५. जगत घर्ती (काजु)पद ( वडा अध्यक्ष) निर्विरोध निर्वाचित पुथाउत्तरगंगा गाउँपालिका २,रुकुम पूर्व
६. नमोनारायण माझी ग्रामथान अध्यक्षका उम्मेदवार मोरङमा नेकपा९माओबादी केन्द्र०
७. देवका लामिछाने (सोभा) नेकपा (माओवादी केन्द्र)ले जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा
स्वतन्त्र उमेदवार
१, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी
नेमकिपा
१, कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी
जसपा
१, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी
२, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह विजयी
एकिकृत समाजबादी
१, रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव विजयी
रास्वपा
१, काठमाण्डौ महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी