हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि हिजो भएको मतदानको अहिले मत गणना भैरहेको छ । बिहान ११ बजेबाट सुरु भएको मत गणनामा अहिले सम्म वडा नम्बर १ २,३,४ र ५ वडाको गणना सम्पन्न भएको छ ।
अहिले सम्मको मतगणना अनुसार नेकपा माओबादी केन्द्रकी उम्मेदवार देबकी तिमल्सीनाको अग्रता कायमै रहेको छ उनेले अहिले सम्मको मत परिणाम अनुसार ९ सय ८९ मत पाएकी छन् उनले देबल आधारभुत विद्यालय केन्द्रबाट ४८, सरस्वती माबी मतदान केन्द्रबाट १ सय ७७, लालीगुराँस मतदान केन्द्रमा २ सय ५२, देबकोटा आधारभुत बिद्यालय मतदान केन्द्रबाट २ सय २९ र हिमज्योति मतदान केन्द्रबाट १ सय ९४, भुवानी आधारभुत विद्यालय मतदान केन्द्रमा ४८, र धुमचुली आधारभुत विद्यालयबाट ४१ मत पाएकी छन्
यस्तै नेपाली काँग्रेशकी सबिता बुढाले ९ सय ४८ मत ल्याएर पछ्याएकी छन् । उनले देबल आधारभुत विद्यालय केन्द्रबाट ६८, सरस्वती माबी मतदान केन्द्रबाट १ सय ४१, लालीगुराँस मतदान केन्द्रमा १ सय २९, देबकोटा आधारभुत बिद्यालय मतदान केन्द्रबाट १ सय ४५ र हिमज्योति मतदान केन्द्रबाट १ सय ९६, भुवानी आधारभुत विद्यालय मतदान केन्द्रमा १ सय ७७ र धुमचुली आधारभुत विद्यालयबाट ४१ मत पाएकी छन ।
यता नेकपा एमालेका उम्मेदवार जाना शाहीले ६ सय ४८ मत पाएकी छन् उनले देबल आधारभुत विद्यालय केन्द्रबाट ५०, सरस्वती माबी मतदान केन्द्रबाट २ सय ३५, लालीगुराँस मतदान केन्द्रमा १ सय १९, देबकोटा आधारभुत बिद्यालय मतदान केन्द्रबाट ६६ र हिमज्योति मतदान केन्द्रबाट १ सय २९, भुवानी आधारभुत विद्यालय मतदान केन्द्रमा ५० र धुमचुली आधारभुत विद्यालयबाट ४१ मत पाएकी छन ।
राष्टिय प्रजातन्त्र पाटी राप्रपाले जम्मा ३६, रास्वपाले १०, र स्वतन्त्र उम्मेदवारले जम्मा ९ मत पाएका छन् यस्तै ४० मत बदर भएका छन् अब जम्मा १ हजार ८ सय २९ मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज राती नै गणना सम्पन्न हुँने बताउनु भएको छ ।
यस अघि २०७९ सालमा कांग्रेस र माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए । त्यसबेला गठबन्धनबाट कांग्रेसका रोकाया अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उपाध्यक्ष कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाउनु भएको थियो । एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी हुनु भएको थियो । अध्यक्षमा कांग्रेसका रोकाया ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाउनु भएको थियो । आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जत्ुिन भएको थियो ।
२०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो । त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाया विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित हुनु भएको थियो । शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको थियो । २०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ ।