हुम्लाको सर्केगाड गाँउपालिकाको उपाध्यक्ष पदमा नेकपा माओबादी केन्द्रकी देबकी तिमल्सिना विजयी भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तिमल्सिनाले १ हजा ६ सय ३५ प्राप्त गर्दै निर्वाचित भएकी हुँन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सबिता बुढाले १ हजार ५ सय ९४ मत पाएकी छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १ सय ३२, राप्रपाकी संगिता शाहीले ५१ , रास्वपाकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत ल्याए भने ७८ मत बदर भएका छन् । यतीबेला नेकपा माओबादी केन्द्रलाई नेकपा माओबादी (समाजबादी) नेकपा(बिप्लब), नेकपा एकिकृत समाजबादीको साथ भई संयुक्त रुपमा नेकपा माओबादी केन्द्रकी तिमल्सीनालाई उम्मेदवार बनाएका थिए ।
यस अघि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत ल्याई बिजयी हुँनु भएको थियो । त्यस्तै एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी हुनु भएको थियो । अध्यक्षमा कांग्रेसका रोकाया ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाउनु भएको थियो । आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जित्नु भएको थियो ।
२०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो । त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाया विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित हुनु भएको थियो । शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको थियो । २०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ ।
कसले कति मत ल्याए ।
अन्तिम मत परिणाम अनुसार नेकपा माओबादी केन्द्रकी उम्मेदवार देबकी तिमल्सीनाले ९ सय ८९ मत पाएकी छन् उनले देबल आधारभुत विद्यालय केन्द्रबाट ४८, सरस्वती माबी मतदान केन्द्रबाट १ सय ७७, लालीगुराँस मतदान केन्द्रमा २ सय ५२, देबकोटा आधारभुत बिद्यालय मतदान केन्द्रबाट २ सय २९ र हिमज्योति मतदान केन्द्रबाट १ सय ९४, भुवानी आधारभुत विद्यालय मतदान केन्द्रमा ४८, धुमचुली आधारभुत विद्यालयबाट ४१, इस्वर आधारभुत विद्यालय केन्द्रमा ९८, स्वयम्भु आधारभुत विद्यालयमा १ यस ४८, कोट मावि रोडीकोट केन्द्रमा १ सय ५०,निलकण्ठ प्राबी केन्द्रमा ६१ र अंशुबर्मा मतदान केन्द्रमा १ सय ८९ मत गरी जम्मा १ हजार ६ सय ३५ मत पाएकी छन् ।
यस्तै नेपाली काँग्रेशकी सबिता बुढाले ९ सय ४८ मत ल्याएर पछ्याएकी छन् । उनले देबल आधारभुत विद्यालय केन्द्रबाट ६८, सरस्वती माबी मतदान केन्द्रबाट १ सय ४१, लालीगुराँस मतदान केन्द्रमा १ सय २९, देबकोटा आधारभुत बिद्यालय मतदान केन्द्रबाट १ सय ४५ र हिमज्योति मतदान केन्द्रबाट १ सय ९६, भुवानी आधारभुत विद्यालय मतदान केन्द्रमा १ सय ७७ इस्वर आधारभुत विद्यालय केन्द्रमा ५६ , स्वयम्भु आधारभुत विद्यालयमा १ सय ४८, कोट मावि रोडीकोट केन्द्रमा २ सय ,निलकण्ठ प्राबी केन्द्रमा १ यस ३ र अंशुबर्मा मतदान केन्द्रमा १ सय ३९ मत गरी जम्मा १ हजार पाँच सय ९४ मत पाएकी छन् ।
यता नेकपा एमालेका उम्मेदवार जाना शाहीले ६ सय ४८ मत पाएकी छन् उनले देबल आधारभुत विद्यालय केन्द्रबाट ५०, सरस्वती माबी मतदान केन्द्रबाट २ सय ३५, लालीगुराँस मतदान केन्द्रमा १ सय १९, देबकोटा आधारभुत बिद्यालय मतदान केन्द्रबाट ६६ र हिमज्योति मतदान केन्द्रबाट १ सय २९, भुवानी आधारभुत विद्यालय मतदान केन्द्रमा ५०, इस्वर आधारभुत विद्यालय केन्द्रमा ९१, स्वयम्भु आधारभुत विद्यालयमा ३७, कोट मावि रोडीकोट केन्द्रमा २ सय ९३,निलकण्ठ प्राबी केन्द्रमा ७ र अंशुबर्मा मतदान केन्द्रमा ३१ मत गरी जम्मा १ हजार १ सय ३२ मत पाएकी छन् ।
राष्टिय प्रजातन्त्र पाटी राप्रपाले जम्मा ५१, रास्वपाले २५, र स्वतन्त्र उम्मेदवारले जम्मा ९ मत पाएका छन् यस्तै ७८ मत बदर भएको निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताउनु भयो ।