श्रीनगर । देशको राजधानी काठमाडौं लगायतका सहरहरुमा सुनको चर्चा चलिरहेको समयमा हुम्लाको अदानचुली गाउँपालिकामा एक किलो नुनको हाहाकार भएको छ । गत कार्तिक महिनादेखि पालिका क्षेत्रमा अुदनको ढुवानीमा आउने नुन श्रीनगर डिपोमा एक किलो पनि मौज्दात नहुदा हाहाकार भएको हो ।
साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडकोे अदानचुली शाखा श्रीनगर डिपो केन्द्रमा हाल एक किलोको एक प्याकेट समेत अनुदानको नुन नहुँदा पालिका भर नुनको हाहाकार चुलिएको स्थानिय उपभोत्ताहरुको भनाइ रहेको छ ।
जिल्लाका अन्य क्षेत्रहरुमा अनुदानको नुन पुगिसकेको भएपनि अदानचुली गाउँपालिकामा अहिले सम्म आईनपुग्दा नागरीकहरुले १ प्याकेटको ५० रुपैँया तिरेर नुन खानु परेको उनिहरुको भनाइ रहेको छ । गाउँपालिका भरीका नागरीक अनुदानको नुन लिनका लागि श्रीनगर बजारमा आउने गरेको समयमा ढुवानीमा अनुदान दिएको नौ रुपैँयाको नुन नपाउदा केही नागरीक रित्तो हात र केही नागरीक बजारमा १ किलोको ५० रुपैँया तिरेर नुन लिनु परेको वडा नम्बर ६ का एक बृद्धको भनाइ रहेको छ ।
उहाँका अनुसार आफ्नो घरबाट ४ घण्टा लगाएर श्रीनगरको बजारमा आएको भएपनि एक किलो नुन नपाउदा समस्या भएको बताउनु भएको छ । बिभिन्न राजनितिक दलका नेताहरुले गाउँमा गएर पहिले भन्दा अहिले बिकासको मुहार फेरेको बताउने गरेको भएपनि आफुलाई दैनिक रुपमा आवश्यक पर्ने खाने नुनको समस्या हुदा डिपोमा समेत नपाउदा उही पुराना दिन सम्झिनु भएको थियो ।
अहिलेको समय भन्दा एक दशक अगाडी माथिल्लो हुम्लाका केही नागरीकले खसीहरुमा ढिके नुन भएपनि घरदैलोमा पुगाउने गरेको समय ठिक रहेको बताउनुभयो । यस्तै पालिका केन्द्रमा सवारी साधान गुडिरहेको समयमा नुन समयमै आई पुग्नु पर्ने भएपनि दशैदेखि यता पालिकाको श्रीनगर डिपोमा एक किलो नुन समेत नहुँदा आफुजस्ता नागरीकलाई दुख मात्रै हुने गरेको बताउनु भएको छ ।
दशैको समयमा नातीलाई नुन लिन पठाउदा नुन नभएको नातिले डिपोमा नुन नरहेको बताउदा आफुलाई बिस्वास नलागेको भएपनि यतिबेला आफै आउँदा साच्चिकै नुन नरेको बताउनु भएको हो । यता साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडले अनुदानको नुन ढुवानीका लागि सप्लायर्स कम्पनीलाई दिएको भएपनि अहिले सम्म कंम्पनीले नपुगाएको साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड हुम्लाका प्रमुख राज बहादुर लामाले बताउनु भएको छ ।
प्रमुख लामाका अनुसार श्रीनगर डिपोमा चालु आर्थिक बर्षका लागि आवश्यक नौ सय कुइनटल नुन अनुदान ढुवानीको जिम्मा सम्लार्यस कंम्पनीलाई दिइ सम्झौता भएको लामो समय हुदा सम्म नआउनु सम्लार्यस कंम्पनीको कमचोरी रहेको बताउनु भएको छ । पालिका क्षेत्रमा अहिलेको समयमा यातायात र ढुवानका सवारी साधन सहज रुपमा आउ जाउ गरी रहेको भएपनि ढेकेदार कंम्पनी ढिलो ढुवानी गर्दा नागरीकहरुले महंगो मारमा परी दुख खेप्नु परि रहेको छ ।