वस्तुस्थीती
हुुम्ला जिल्लाको दक्षिण भेगमा अदानचुली गाउँपालिका अवस्थित छ यसको पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका , पश्चिम र दक्षिणमा ताँजाकोट गाउँपालिका रहेका छन् । साविकका दुई वटा गा.वि.स श्रीनगर र कालीका मिलेर बनेको छ। अदानचुली भन्ने शव्द मदाना देवताको तिर्थस्थल हो । उक्त गाउँपालिकामा बढी मानिने देवता मदानु हो । तिर्थस्थलको नामबाट अदानचुलि गाउँपालिकाको नामकरण गरिएको हो। यहाँका मानिसहरुले परम्परादेखी मान्दै आयका विभिन्न देवताहरुमध्ये मदाना देवता आफ्नो कुल देवता मानेका थिए।
यस गाउँपालिकामा ६ वटा वडाहरू रहेका छन । ति वडालाइ क्रमस साविककाे श्रीनगरका तल्लो कल्खे र माथिल्लो कल्खे मिलेर १ नम्बर वडा रहेको छ। भण्डारि गाउँ कुलालाबाडा, बुढागाँउ, साउबाडा ,साउबाडा, महतारागाउँ, हबघर मिलेर २ नम्बर वडा रहेको छ। फडेरागाउँ, रोकायागाउँ, गोरपाली, ढकानीकना, मिलेर ३ नम्बर वडा बनेको छ भने उता साबिककाे कालिकाका पाम्स, लौठी र साबिकको श्रीनगरका रिल्म, बिगोठि मिलेर ४ नम्बर बनेको छ, उता साबिककाे कालिकाका काँखे, बारिगाँउ ,करगँइ मिलेर ५ नम्बर र पाल्स, लमहि, मिलेर ६ नम्बर वडा बनेको छ।
हालको अदानचुली गाउँपालिका अनौठो मात्र छैन जहाँ हिमाल र तराइको हावापानि पनि पाइन्छ र त्यहाँका नागरिक ४ महिना साेहि गाउँपालिकाकै तराइ क्षेत्रको रुपमा मानिने तुम्च मकै र गल्फागाडमा बस्ने गर्दछन् भने बाँकी ८ महिना अग्लो ठाउँमा बसोबास गर्द छन् । यहाँका हरेक घरधुरीमा कम्तीमा पनि दुइ दुइ वा सो भन्दा धेरै पनि हुँने गर्छन् तर ति सबै घरहरु ढुङ्गा माटो र काठले वा केही ठाउँका घरहरु खरले पनि छाएर बसेका छन् ।
नाग्या मकैकुना देखि गल्बा लाद्याबेडु कल्खे सम्म र दान्सिनचाैर मुन्टेचौर हुँदै अदानचुलि शिर देखि मुन्याकाँध सम्म रहेका गाउँहरु अदानचुलि गाउँपालिका भित्र पर्दछन। नेपालमा जनयुद्ध, जनआन्दोलन,सँघियता प्राप्तिको लागि आन्दोलन र कर्णाली प्रदेशको स्थापनाको लागि आन्दोलन र कर्णाली प्रदेश स्थापनाको लागि भएको आन्दोलनपछि राज्य पुनसंरचना गर्दा ६ वडाहरु गाभिएर अदानचुलि गाउँपालिका बनेको हो।
चिनारी
यहाँ प्रत्येक वडाका गाउँहरुको बस्तु्गत इतिहाँसको अवस्थाहरु उल्लेख गरिनेछ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ७११६ रहेको छ भने यसको क्षेत्रफल १५०.६१ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाको जनघनत्व ४७ जना प्रति वर्ग कि.मि रहेको छ । सून्दर प्राकृतिक वनोट , धार्मिक परम्परा जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको छ स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हो।
पाँच वर्ष अघि अदानचुली ।
सघिय सरचना पश्चात पहिलो स्थानिय तहको निर्वाचन २०७४ सालमा भयो। यस निर्वाचनमा नेकपा एमालेका तत्कालीन प्रदेश कमिटि सदस्य तथा हालका केन्द्रिय सदस्य दल फडेरा अध्यक्ष र नेकपा एमालेकी नेतृ सौमति रावल ऐडि उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो। उहाँहरुले स्थानिय आवश्यकताका आधारमा आर्थिक बर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मको नीति तथा कार्यक्रम र बजेट बनाइ कार्यान्वयन गर्नुभयो। त्यसको बेलाबेलामा सार्वजनिक सनवाइ पनि भएका छन। जनगुनासोको अपेक्षा संगै सम्बोधन समेत भएका छन। प्रायजशो बिभीन्न तहमा समिक्षा भने भएको पाइदैन। तत्कालीन सरकार प्रति नागरिक सन्तुष्ट पनि देखीएका थिएनन् । सुरुका बर्षहरु सघियताको बिषय सिक्दै बिते, केहि कानुन र बस्ने ब्यबस्था गर्दै बिते,भने पछिल्ला वर्षहरु बिबाद र झमेलामै बिते तर पनि सरकारले जस लिन सकेन र कार्यकाल बित्यो बिताए वा गुज्राए ? त्यस पछि.......................
बर्तमानमा अदानचुली ।
त्यस पछि स्थानिय तहको दोस्रो निर्वाचन २०७९ साल बैशाख ३० मा सम्सापन्झान निर्वाचन मार्फत गठबन्धन(नेपाली काँग्रेश,माओबादी केन्द्र र समाजबादी) को तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति मोहनबिक्रम सिँह अध्यक्षमा र नेपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकाया सुधार उपाध्यक्षमा निर्वाचित भएका छन् । तर उहाँहरुले स्थानिय आवश्यकताका आधारमा आर्थिक बर्षमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने,करामा सिस्टमेटिक प्रर्णालीमा ल्याउनको लागि एकखालको अन्तर संघर्षको लडाइ भैरहेको छ।
उहाँहरुले स्थानिय आवश्यकताका आधारमा आर्थिक बर्ष२०७८/०७९ देखि २०८३/०८४ सम्मको नीति तथा कार्यक्रम र कार्यान्वयन बनाउने बजेट ल्याउने तयारिमा केहि फरक नतिजा ल्याउने लेखकले केहि सम्भावना देख्दछ। अहिलेको कार्यकालमा आश लाग्दा जागरुक अध्यनशिलता राजनितीज्ञ युबाहरु जनप्रतिनिधीमा निर्वाचित गराएको हुँदा हुम्लाको अदानचुलीलाइ समग्र जिल्लाले अन्नको भण्डार मात्र नभएर राजनितिको केन्द्र मान्दै आएको छ। किनभने यस पालिकामाराजनीति,योजना, ब्याबसायकि, शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद लेखक,साहित्यकार, पत्रकार, फोटोग्राफर हरु लगायतका बिभीन्न क्षेत्रमा अग्रभागमा देखिन्छन।
अदानचुलिमा को के भएनन् ?
यस पालिकामा २०५६ सालको आमनिर्वाचनमा पहिलो पटक कम्युनिष्ट र सादगी नेताको रुपमा चिनिने नेकपा एमालेका नेता गोरख बोगटी हुम्ला जिल्लाबाट विजय हुनुभयो । त्यस पछि २०५६ देखी प्रदेस स्तरको राजनिती अदानचुलिका होनहार दलका नेताहरूले निर्वाचन लड्ने वा कुनै काम गर्ने अवसर पाउनु भएन र राजनीति लगानीमा निकै चर्चित भएका दलका राजनीतिज्ञ प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन २०७९ मा अवसर पाएपछी प्रदेश सभा मा माननीय रणशिह परियार बिजय हुनु भयो। नेकपा एमालेबाट समानुुपातिक तर्फ प्रदेश सभामा माननिय कल बहादुुर हमाल छनौट हुुनुु भयो भने उता सम्बैधानिक निकाय राष्ट्रिय दलित आयोगमा दुई पटक सम्म माननीय मेहले पार्की सदस्य हुनु भयो । राष्ट्रिय सभा सदस्यमा कविता बोगटी हुनुभयो। प्रदेश योजना आयोगमा कार्यरत अधिकृत जमानसिह परियार हुनुहुन्छ। नेपाल ईन्जिनियरिङ सेवा जनरल उपसमुह रा.प.द्वितिय श्रेणी उपसचिव सो सरह पदमा धिर फडेरा जिल्ला समन्वय समिति हुम्लाका उपप्रमुखमा दलु फडेरा (सन्जय) छन् भने राष्ट्रिय स्तरमा ख्याती प्राप्त तथा विबिभन्न क्षेत्रमा पुरस्कृत भएका वरिष्ठ पत्रकार नवराज महतारा कर्णालीको पैकेलो विश्व कृतिमानमा रेकर्ड राख्न् सफल चर्चित फोटोग्राफर गोरख बिष्ट अन्य विभिन्न महत्वपूर्ण निकायमा हुनुहुन्छ ।
बिगतमा पनि थिए र अहिले पनि छन् ।
माथि उल्लिखित नामका साथै जिल्ला प्रदेश र राष्ट्रिय राजनीतिमा प्रभाव पारेका स्वर्गीय दानबहादुर भन्डारी, स्वर्गीय लोकबहादुर बिष्ट, स्वर्गीय पठाने पार्की, स्वर्गीय खडक बहादुर भण्डारी, स्वर्गीय चक्र फडेरा, स्वर्गीय गोकुल्या थापा, स्वर्गीय रामबहादुर दानी, स्वर्गिय काल्चाँदे भियाँल, स्वर्गिय चन्द्र दमाइ,स्वर्गिय मनबिरे दमाइ, अकवर भण्डारी, जय बहादुर सिह ,दलबहादुर सिह, दल फडेरा, हस्त बहादुर शाही, मानबहादुर थापा ,राम बहादुर टमटा, लोकेन्द्र भण्डारी ,हरिदल पुन,लगायत सवै सामाजिक चिन्तन भएका समाजसेविलाई पुरै समेट्न सकिन तर पनि अदानचुलि गाउँपालिका पहुुँचमार्ग हो जस्तो लाग्छ । दक्ष जनशक्ति कर्मचारी भबिस्यका कर्णदारहरु अदानचुुलिले जन्माएको एक गहना पनि हो।
विकास र समृद्धिका लागि सवै क्षेत्रको योगदान आवश्यकता पर्दछ त्यसैले विगत र अहिलेको अवस्था जानकारी दिन पनि खोजिएको छ। आशा र बिश्वास छ यस विवरणले अदानचुलिको ऐतिहासिक वस्तुगत खोजी खोजी पढ्न सहयोग पुग्नेछ।
भाग २ मा अदानचुलीको वास्तविक ऐतिहासिक कुराहरु पुराना जानकार मान्छेहरुबाट सोधेर या खोजेर, अनुसन्धान गरेर प्रकाशितमा ल्याउने जमर्को गर्दछौ।
लेखक अँगराज परियार अदानचुली ३ हुम्ला