चंखेली गाउँपालिकामा रहेका सबै विद्यालयको नौ वटै कक्षाको परिक्षा पालिकाले सञ्चालन गर्ने भएको छ । पालिकाले कक्षा ८ को परिक्षा मात्र लिने गरी रहेका बेला चँखेल्नी यस्तो निस्कर्षमा पुगेको छ ।
चैतमा एसइइ पिरक्षा हुने हुदा कक्षा १०काे भने पालिकाले लीने छैन । पुस १५ देखी फागुन सम्मको मिनपचास विदा पछि विद्यालय सञ्चालनमा आउदा पालीका र प्रअहरु विच सयुतm छलफल भएको छ ।
गत २ गते बाट गाउँपालिका भरीका सबै विद्यालय सञ्चालनमा आउदा मिनपचासको बिदामा रहेका शिक्षकहरु पनि विद्यालय केन्द्रीत हुन थालेका छन । आगामी दिनमा शिक्षा क्षेत्र लाई कसरी लैजाने भन्ने विषयमा गाउपालिका अध्यक्ष प्यारी लाल शाही र सबै विद्यालयका प्रअहरुका साथै शिक्षा प्रमुखको सयुतm छलफल भएको छ ।
छलफलले चैत १ गते बाट १ देखी ९ कक्षा सम्मको परीक्षा गाउँपालिकाले नै सञ्चालन गर्ने र बैसाख एक गते बाट नयाँ शैक्षिकसत्र सुरु गर्ने भएको छ । विद्यालय सिप,कला,ज्ञनकोज्योती जगाउने क्षेत्र भएकाले पालिकाले केलकुद लाई पनि जोड दीदै आएको छ ।
नयाँ शैक्षिक सत्रसुरु भए लगतै पाठ्य पुस्तक पुग्ने सम्भावना कम रहेकोले बैसाख ७ गते देखी १० गते भित्र अध्यक्षकप सञ्चालन गर्ने निर्णय भएको छ । महामारी पछि निकै खस्केको शिक्षा क्षेत्र उकास्न सघिय सरकार लाई नै चुनौती देखिएको छ ।
एक तथ्याङकले शिक्षाको लागी पालिका तथा स्थानीय सरकार नै लागी परे गुणस्तर शिक्षा अवलम्वन गर्न सकिने देखिएको छ । विविध कारण देखाउदै कहिले कक्षा सञ्चालनमा प्रभाव त कहिले परिक्षामा प्रभावले समस्या आई लाग्दा पहिलेको शैक्षिकसत्रमा विद्यालय सञ्चालन हुन सकेका छैनन ।
चँखेली आसपालका ग्रामिण बस्तीका विद्यालयमा समयमा नै पाठ्यपुस्तक नपुग्नु,रीतm रहेका दरबन्दीमा भनेकै बेला शिक्षक पदपुर्ती नहुनु यस क्षेत्रका लागी चुनौती रहेका छन ।