मुगु । कर्णाली प्रदेश कै पहिलो चार तारे रिर्सोट राराको मुर्माटपमा निर्माण कार्य सुरु गरिएको छ । कर्णाली प्रदेशमा तिन तारेसम्मका होटलहरु संचालनमा रहेका भएपनि सोमबारबाट एनआरएन अष्टेलियाको लगानीमा कर्णाली कै पहिलो चार तारे सुबिधा सम्पन्न रिर्सोट निर्माण हुने स्थान राराको मुर्माटपमा भूमि पूजा गरी निर्माण कार्य सुरु गरिएको हो ।
गत बर्ष काठमाडौंमा नेपाल सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक बिक्रम शाह लगायतको टोलीले ड्रिम प्रोजेक्टका रुपमा रारामा चार तारे रिर्सोट निर्माण गर्ने प्रतिबद्धता व्यत्त गरेका थिए । नेपाल सरकारसंग रारा होल्डिङ्स रिर्सोट प्रालिले १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे अनुसार राराको मुर्मा टपमा चारतारे रिर्सोटको सोमबार हिन्दु धर्म अनुसार भूमि पूजा गरी निर्माण कार्य सुरु गरिएको छ ।
कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने यो रिर्सोटको पहिलो फेजमा कुल लागत १ अर्वमा निर्माण हुनेछ । पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुबिधा सम्पन्न कोठामा ९८ शैया हुने छन । दैनिक १ सय जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने यो रिर्सोटको सोमबार भूमी पूजा गरी निर्माण कार्य सुरु गरिको र रिर्सोटको विविधरुपमा माघ ३० गते काठमार्डौमा पर्यटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले शिलन्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ्स रिर्सोट प्रालिले जानकारी दिएको छ ।
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले रारा क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिंजा भ्याली,रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रबद्धनका लागी यो रिर्सोट निमार्ण गरिन लागेको रारा होल्डिङ्स रिर्सोट प्रा.लिका परियोजन प्रबन्धक अरुण चन्दले जानकारी दिए ।
समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाईमा निर्माण हुने यो रिर्सोटको चैत्र महिनाबाट पुर्वधारको काम गर्न शुरु गरिनेछ । निर्माण पश्चात रिर्सोट संचालन आएपछि प्रत्यक्ष १ सय २० जनाले रोजगारी पाउने छन भने १ हजार भन्दा बढीलाई अप्रत्यक्षरुपमा रोजगारीको सिर्जना गर्ने, यो परियोजनाले बिशेष गरी भारतिय नागरिकलाई धार्मिक पर्यटकका रुपमा भित्राउने लक्ष्य रहेको उक्त रिर्सोटका प्रतिनिधी प्रेम शाहीले जानकारी दिए ।
स्थानीय समुदायका पुराना घर शैलिका ५५ कोठामा ९८ शैया निर्माण हुने यो रिर्सोटमा १ सय जना क्षमता भएको सेमिनार हल प्रत्यक कोठाका झयालबाट रारा र हिमाली श्रृङखलाको द्रुष्यावलोकन गर्न सकिने र रिर्सोटबाट आधा घण्टामा माथि रहेको मुर्माटप पुगे पछि ७ जिल्लाको भु—भाग अवोलकन गर्न मिल्नेछ ।
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु सबैले रारामा गास बासका लागी राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेका छन् । केही बर्ष यता रारा क्षेत्रका माझ घट्ट, सल्लेरीमा एक दर्जन भन्दा बढी होटल संचालनमा छन् तर सिजनमा यी होटलहरुले समेत पर्यटकलाई सेवा दिन हम्मे हम्मे पर्ने गरेको छ । कर्णाली प्रदेश मै पहिलो पटक चार तारे रिर्सोट मुर्मा टपमा निर्माण हुने भएपछि अब रारामा आउने पर्यटकहरुलाई बस्न र खानका लागि कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका—८ का होटल व्यवसाही बिर्ख रोकायाले बताए