मानव अधिकार एलाइन्स कर्णाली प्रदेशकाे दाेस्राे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। नेकपा एमालेकाे सकृय भात्री संगठन मानव अधिकार एलाइन्सको कर्णाली प्रदेश कमिटिले प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतमा शनिवार दाेस्राेसाधारणसभा सम्पन्न गरेको हाे।
कर्णाली प्रदेश कमिटिका अध्यक्ष नविन कुमार शाहीकाे अध्यक्षतामा आज सम्पन्न साधारणसभाले ५ बुँदे सुर्खेत घाेषणापत्र समेत जारी गरेकाे छ । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाईन्सले कर्णालीमा मानव अधिकार संरक्षण तथा सामाजिक सशक्तिकरणमा विशेष जाेड दिदै आएकाे एलाइन्सको यही फागुन २१ र २२ गते केन्द्रीय अधिवेशन हुँने भएकाले साे सम्बन्धी पनि छलफल गरीएको कर्णाली प्रदेश कमिटिका अध्यक्ष नविन कुमार शाहीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले कर्णाली प्रदेश कमिटिका इन्चार्ज गोरख बहादुर बोगटीले सामाजिक न्याय तथा मानव अधिकार संरक्षणका लागि मानव अधिकार एलाईन्सले गरेकाे काम प्रशंसा याेग्य रहेकाे बताउनु भयो, न्यायकाे पहुँचबाट बन्चित भएकालाई न्यायकाे पहुँचमा पुराउन,न्याय सम्पादनमा सहजीकरण गर्न तथा पछि परेकाे समुदायकाे शसक्तिकरणका लागि एलाईन्सले सक्रिय भएर काम गर्नु पर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रमान एलाइन्सका केन्द्रिय सचिब एबम प्रदेश इन्चार्ज टीकाराम आचार्य, नेकपा एमाले केन्द्रिय सदस्य एबम बिरेन्द्र नगर नगरपालिकका मेयर मोहन माया ढकाल, नेकपा एमाले प्रदेश कमिटी सचिब एबम अ.ने.म.संघ कर्णाली प्रदेश अध्यक्ष कमरेड पद्ममा खडका, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहन बडुवाल, केन्द्रिय कमिटी सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी, सदस्य, जिल्ला कमिटी अध्यक्ष, पदाधिकारी , पालिका पदाधिकारी, सदस्य, गैसस माहसंघ अध्यक्ष , गैसस जिल्ला अध्यक्ष र सदस्य , प्रेस चौतारीका पदाधिकारी र सद्स्य, अन्य नागरिक समाज लगायतको बृहत् उपस्थिति रहेकाे थियाे ।