चंखेली, (हुम्ला) फागुन ८ ः हुम्लाको चंखेली गाउँपालिकाले हरेक दुइ महिनामा अनिवार्य निशुल्क स्वास्थ्य शिबिरि सञ्चालन गर्दै आएको छ ।
“अध्यक्ष–उपाध्यक्ष भेटौँला, चंखेली बासीका दुःख मेटौँला” भन्ने नारा दिएर जिल्लाको मध्ये क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले हरेक २ महिनामा निशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाँखा प्रमुख शुरविर शाहीले बताउनु भयो ।
आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम मार्फत हरेक २ महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको समन्वयमा विशेषज्ञा डाक्टरहरु ल्याई हरेक गाउँ गाउँमा स्वास्थ्य शिबिर सञ्चालन गर्ने निति पारित भएसँगै हरेक २ महिनामा नियमित रुपमा शिबिर सञ्चालन हुँदै आएको छ ।
गाउँपालिकाको निशर्त बजेट मार्फत रु. ६ लाख रुपैया विनियोजन गरी एक वर्षमा ६ वटा शिविर सञ्चालन गर्ने गाउँ कार्यपालिकाको निर्णयसँगै गाउँ सभाले पारीत गरेपश्चात अहिले सम्म २ हजार जना भन्दा बढीले यो सेवा लिएको र ३५ जना विरामीलाई काठमाडौँको के एम सी अस्पतालमा ल्याइ उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शाहीले बताए । उक्त शिबिर मार्फत डाक्टरहरुको शिफारीसमा उनिहरुलाई गाउँपालिकाले ल्याउने र लिने भाडा उपलब्ध गराई काठमाडौँमा निशुल्क उपचार गराएको हो ।
हरेक दुई महिनामा हुँने उक्त निशुल्क शिबिरको लागि प्रति शिबिर ५० हजारका दरले खर्चु हुँन्छ, स्वास्थ्य सेवा कार्यालय हुम्लाको समन्वयमा जिल्ला अस्पताल हुम्लामा कार्यरत डाक्टरहरुलाई जिल्लाबाट ल्याउने र लिने भाडा तथा उनिहरुलाई खाना बस्नको लागि गाउँपालिकाले ब्यबस्था गर्ने तथा निशुल्क औषधी वितरण गरी गाउँपालिकाका नागरीकहरु कोही पनि औषधी नपाएर मर्नु नपरोस भनि यो कार्यक्रम सञ्चालन गरीएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।
हरेक २ महिनाको १४ गते देखी १४ गते सम्म निर्धारित समयमै घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने गरीएको भएपनि यसपटक भने जिल्ला अस्पताल हुम्लामा कार्यरत एम डि जि पि डाक्टरको समय नमिलेका कारण फागुन १३ गतेबाट १६ गते सम्म सञ्चालन हुँने भएको छ ।
यस पटक सञ्चालन हुँन लागेको घुम्ती स्वास्थ्य शिविरको ओपीडि चेक जाँचमा जनरल ओपिडि, गर्भवति महिला, पाठेघर मुखको क्यान्सर, टिभी संकास्पत र नसर्ने रोगको चेकजाँच गरिने भएको छ । त्यसै महिलाको आङ्ग खसेको उपचार, गर्भवति महिलाको अल्ट्रासाउण्ड र नाककान घाँटी सम्बन्धी पनि चेकजाँच गरी उपचार गरिने संयोजक शाहीले बताए ।
यसपटक एम डि जि पि डा. हिमबहादुर शाही, एम बि बि एस डा. सरोज सिंह, एम बि बि एस डा.प्रतिक्षा भारती र ल्याबमा रबिन्दर देबकोटा आई गाउँपालिकाको मेल्छाम स्वास्थ्य चौकीमा १३ गते, पिप्लाङमा १४ गते, दार्ममा १५ गते र मिमिमा १६ गते निशुल्क चेकजाँच गर्ने बताउनु भयो ।
गाउँपालिकाले यस किसिमको हरेक २ महिनामा गाउँ गाउँमा गएर निशुल्क स्वास्थ्य शिबिर गर्न सुरु गरे देखी गाउँपालिकामा स्थानीय सरकार आएको आभास भएको चंखेली गाउँपालिकाकी सबिता शाहीले बताइन् । निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७९ चैत्र ८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरी अहिले सम्म निरन्त्र रुपमा सञ्चालन भैरहेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो ।