नेकपा एमाले कर्णाली प्रदेश कमिटिका इन्चार्ज समेत रहेका स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटीले मिसन ८४ मा एकल सरकार निमार्णको लागि जरा अभियान सञ्चालन गरेको बताउनु भएको छ ।
यतिबेला नेता र कार्यकर्ता बिचको दुरी घटाई सुमधुर सम्बन्ध कायम गर्ने, पाटी संगठन निमार्ण गर्ने, जनबर्गिय संगठनहरुलाई सकृय परिचालन गराई आउदो ८४ को निबार्चन मार्फत एमालेको एक सरकार निमार्ण गर्न र मुलुकको बलियो शक्ति निमार्णको लागि एमालेले जरा अभियान सञ्चालन गरेको बताउनु भयो ।
हुम्लाको अदानचुली गाउँपालिकामा निर्वाचन क्षेत्र समन्वय कमिटिको बैठकमा बोल्दै उहाँले माओबादी पाटीलाई अब कम्युनिष्ट भन्न नसकिने निष्कर्षमा पुगेको नेकपा एमालेले मुलकमा स्थायी सरकार निमार्णको लागि देशका ठुला पाटी नेकपा एमाले र नेपाली काँग्रेश बिचको गठबन्धन मार्फत नेपाली जनतालाई निकास दिन खोजेको बताउँनु भयो ।
६४ को निर्वाचनमा बहुमत ल्याएको माओबादीको पछिल्लो समय बिचार शिद्धान्त भन्दा पनि स्वार्थमा केन्द्रीत रहेकाले र उतिबेला नागरिकहरुलाई गरिएका बोली फेरीकाले पनि नेकपा माओबादीलाई कम्युनिष्ट भन्न नसक्ने बताउनु भयो ।
नेकपा एमाले निति बनाउने पाटी हो जहाँ निति निमार्ण गरी देशमा बिकासको मुल फुटाउने पाटी भएकाले मुलुकमा एमाले बाहेक अरु कुनै कम्युनिष्ट पाटी हुँन नसक्ने ठोकुवा समेत गर्नु भयो ।
पछिल्लो समय राजबादीहरु सल्बलाई रहेको भन्ने नागरिकहरुरुका जिज्ञासामा इन्चार्ज बोगटीले मसानघाटमा गएको लास फर्केर नआउने तर नागरिकले स्थायी सरकार खोजी रहेकाले अबको मिसन ८४ मा एमाले मुलुकको बलियो राष्ट्रिय शक्ति बन्ने र एमालेको एकल सरकार निर्माण गर्ने बताउनु भयो ।
यस्तै उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छक्कबहादुर लामा, केन्द्रीय सदस्य दल फडेरा, जिल्ला अध्यक्ष ज्ञामी बुमी, प्रदेश कमिटिका सदस्यहरु धन्ज्या परियार, नवराज महतारा, अदानकला महतारा, पुर्ण ढकाल र मंगल लामाको समेत उपश्थिती रहेको छ ।