कर्णाली प्रदेशका २८ वटा स्थानीय तहहरुमा लागु भएको वास कार्यक्रम मध्ये हुम्लाको सर्र्केगाड उत्कृष्ठमा दोस्रो स्थानमा रहेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशका २८ वटा स्थानीय तहमा सुस्वा आयोजनाबाट सहभागितात्मक बार्षिक कार्यसम्पादन (PAPA)मुल्यांकन गर्दा सर्केगाड गाउँपालिका आ.ब २०८०।०८१ मा ७६.२३ अङक प्राप्त गरि उत्कृष्ट दृतिय स्थान हासिल गरेको छ ।
कार्यक्रममा सर्केगाड गाउँपालिकाको वास इकाईका कार्यक्रम संयोजक निला बिक्रम शाहीलाई कर्णाली प्रदेश सरकार सम्मानित भएका छन । गत बर्ष पनि वास इकाइ सर्केगाड उत्कृष्ट दृतियमा परेको थियो ।
सर्केगाड गाउँपालिकाको १५ औ गाउँसभाको हिउँदे अधिबेशन बाट सर्केगाड गाउँपालिका वास इकाईमा कार्यरत कर्मचारीको टिमलाइ उत्कृष्ट कार्यसम्पादन मुल्यांकनको आधारमा गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष देबकी तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत कृश्ण केशर आचार्य, १ देखि ८ सम्मका वडा अध्यक्षहरु लगायत कार्यपालिकाका सदस्यहरु सबैले खादा, कदर पत्र का साथ अबिर ग्रहण गरि सम्मान गरेका छन् ।
नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपेली संघ, सर्केगाड गाउँपालिका र सुस्वा आयोजनाको आर्थिक सहयोगमा संचालित योजना पालिकाका सबै बस्तीमा एक घर एक धारा पुर्याउने अभियानमा लागेको पालिका अध्यक्ष ठान बहादुर रोकायले जानकारी दिनुभयो ।
पालिकालाई खानेपानीयुक्त पालिका बनाउने सोचका साथ हरेक वर्ष खानेपानीलाई प्राथमिकता दिदै आएको र खेर गएको पानीको प्रयोग हुने, मुहान संरक्षण हुने, नागरिकले सुविधा पाउने अपेक्षा सहित खानेपानी विकासमा लागि रहेको वास इकाई संयोजक निल बिक्रम शाही बताउनु भयो ।