हुम्लाको अदानचुली गाउँपालिका लगातार ३ महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन भएको छ । गत माघ ९ गतेबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अदानचुली गाउँपालका लगायत जिल्लाका सबै गाउँपालिकाहरुका प्रमुख प्रशासकिय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरे देखी अहिले सम्म अदानचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको हो ।
अन्य गाउँपालिकाहरुमा मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृतहरु गाउँपालिकामा आएपनि अदानचुली गाउँपालिकामा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरीरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमाने पछि मन्त्रालयले गाउँपालिकामा भएका सिनिएर सातौ तहका कर्मचारीहरु विवरण पठाउन माग गरेको थियो सोही माग अनुसार गाउँपालिकाले मन्त्रालयमा पठाएका मध्ये कृषि शाँखामा कार्यरत प्रदिप भण्डारीलाई अर्को अधिकृत नखटाउन्जेल सम्मको लागि जिम्मेवारी दिएपनि उनले कामकाज गर्न नमानी रातारात घरगएपछि गाउँपालिकामा झन् अन्यौल भएको हो ।
मन्त्रालयले अर्को कार्यकारी नखटाएपछि गाउँ कार्यपालिकाको सहमतीमा यस अघिकामकाज गर्दै आएका निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई योजनाहरुको सम्झौता लगायत गाउँपालिकामा भइरहने नियमित कार्यहरु गरीरहेको भएपनि आर्थिक अधिकार नदिएकाले योजनाहरुको भुक्तानी, कर्मचारीहरुको पारीश्रमीक, जनप्रतिनिधिहरुको सेवा सुबिधा लगायत आवश्यकिय रकम भुक्तानि नहुँदा गाउँपालिका आर्थिक संकट चुलिदै गएको छ ।
अत्यन्तै भोकमारीको चपेटामा परि रहने यस गाउँपालिकामा नियमित रुपमा लगाता तिन महिना सम्म कार्यकारी प्रमुख नहुँनु, मन्त्रालयले खटाएका लेखापाल पनि गाउँमा नआउँनु लगायतका कारणले बजारमा मानिसहरुको चहलपहल समेत घटेको छ । बजारमा लामो समय देखी पशल ब्यबषाय गर्दै आएका ब्यवषायीहरुले समेत उदारो दिन छोडेका छन् । श्रीनगर बजारमा ब्यबषाय गर्दै आएका बयबषायीका अनुसार आफुहरुले पनि अर्को साउजी मानेर सामान ल्याउनु पर्ने र उनिहरुले पनि उधारो नदिने भएकाले आफुहरुले पनि अहिले उदारो दिन नसकिने बताउनु भयो ।
उनि भन्छन् गाउँपालिकामा कार्यकारी अधिकृृत आउँदा वित्तीकै आफ्नो मात्रै लाखौँको भुक्तानी हुँने बताउनु भयो । गाउँपालिकाबाट मात्रै ५।६ लाख भुक्तानी हुँनेछ विभिन्न उपभोक्ता समितिहरुले लिएका विभिन्न सामाग्रीहरुको भुक्तानी भयो भने १५।२० लाख भन्दा धेरै रकम आफुले पाउने र क्रमचारीहरु, जनप्रतिनिधिहरुले पारीश्रमीक पायो भने पनि थुप्रै रकम भुक्तानी हुने भएकाले आफुहरुलाई पनि निकै संकट भएको बताउनु भयो ।
यस्तै बजारका अन्य पशलहरुमा पनि यस्तै कारोकार रहेको छ त्यो पनि सबै उधारो रहेको बजारका अन्य ब्यबषायीहरुको भनाइ छ । यता विकास निर्माणका कामहरु पनि सम्झौता भई काम सम्पन्न भैसकेको छ तर भुक्तनी नहुँदा उपभोक्त समिति लगायत कामदारहरु मर्कामा परेका छन् । केही स्थानीय सरकारले विनियोजन गरेका योजनाहरु छन् भने केहि प्रदेश र संघिय सरकारका योजनाहरु काम सम्पन्न भैसकेका छन् तर भुक्तानी नभएका कारण गाउँमा मानिसहरुलाई तेल किन्ने समेत पैसा नभएको नागरीकहरुको भनाइ छ ।
यता कर्मचारीहरु तलब भुक्तानी नहुँदा उनिहरुलाई दैनिक कामकाजमा खटिन समेत समस्या भएको छ । बजारमा उदारो नदिने भएकाले अन्य कतैबाट जोहो गरेर कामकाज चलाई रहेको बताएका छन् भने करार कर्मचारीीहरु भने काम गर्नै मन नलाग्ने भएको बताउने गरेका छन् उनिहरुले गएको वर्ष केहि महिनाको मात्र तलब पाएपनि यस वर्षको पुरै रकम भुक्तानी हुँन बाँकी छ ।
आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहेका बेला मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी नतोक्दा काम सम्पन्न भएका योजनाहरुको भुक्तानी मात्र नभई गाउँपालिकामा भएका सम्पुर्ण स्थायी, करार तथा ज्यालादारी क्रमचारीको पारीश्रमीकसँगै जनप्रतिनिधिहरु सेवा सुविधा नपाएपछि आर्थिक रुपमा गाउँपालिका संकटमा परेको छ । अधिकांस योजनाहरु भने यस अघिनै सम्झौता भैसकेको र केही योजनाहरु भने सम्झौता गर्नै बाँकी रहेकाले यस वर्ष पनि भुक्तानी नभई फ्रिज जाने हो की भन्ने चिन्ताले काम गर्न असहज भएको उपभोक्ता समितिहरुको भनाई रहेको छ । ––– कालीबहादुर थापा