नेकपा एमालेले सुरु गरेको ग्रासरुट अभियानको लागि सबै नेता कार्यकताहरु गाउँ भित्रिन थालेका छन् ।
एमाले केन्द्रीय कमिटिले सुरु गरेको उक्त ग्रासरुट अभियानको लागि बिभिन्न नेताहरुलाई बिभिन्न भेक क्षेत्रको जिम्मा दिएकाले सोही अनुसार नेताहरु आ आफ्नो क्षेत्र तिर पुग्नेक्रम जारी रहेको नेकपा एमाले हुम्ला जिल्ला कमिटि कार्यालय सचिब गोकुल बुढाले बताउनु भयो । भने हिउँदको सिजनमा बिभिन्न कामको सिलसिलामा अधिकांस नेता कार्यकर्ताहरु पनि सहरी क्षेत्रमा गएकाहरु पनि एमालेले अनिवार्य गाउामा हुँनु पर्ने निर्देशन गरे पछि उनिहरु सबै दिन प्रतिदिन गाउँमा पुग्ने गरेका छन् ।
हुम्ला जिल्ला निर्बाचन क्षेत्र नम्बर ख को खार्पुनाथ र सर्केगाडको लागि जिम्मेवारी पाएका नेकपा एमाले केन्द्रीय सदस्य डम्बर बहादुर सिंह आज जिल्ला सदरमुकाम सिमकोट आइ पुगेको बताउनु भयो ।
यसैगरी सिमकोट र नाम्खा गाउापालिकाको लागि केन्द्रीय सदस्य लंक शाहीलाई जिम्मेवारी दिएको छ भने जिल्लाको तल्लो क्षेत्र प्रदेश नम्बर क का अदानचुली,ताँजाकोट र चंखेलीको लागि जिम्मेवारी पाएका केन्द्रीय सदस्य निरज आचार्य केहि दिनमा पुग्ने जिल्ला कमिटि अध्यक्ष कलबहादुर हमालले बताए ।
मिसन ग्रासरुट अभियानको लागि प्रदेश कमिटि सदस्य प्रदेशले तोकेको वडामा खटीने भएका छन् जिल्ला कमिटिका सदस्यहरु जिल्ला कमिटिले तोकेको वडामा र गाउँकमिटिका सदस्यहरु गाउँकमिटिले तोकेको योजना लिएर सबै आ आफ्नो कार्यक्षेत्रमा लाग्ने भएको बताउनु भयो ।
जिल्ला कमिटिका अध्यक्ष कलबहादुर हमाललाई नाम्खा गाउँपलिका सहित समग्र जिल्लाको समन्वय गर्ने,उपाध्यक्ष डबल रावतलाई खार्पुनाथ गाउँपालिामा,सचिब तिर्थराज बोहरालाई सिमकोट गाउँपलिकामा,उपसचिब झलक ढकाललाई ताँजाकोट र अदानचुलीमा र उपसचिब बिमला शाहीलाई सर्केगाड गाउँपलिका सहित आफ्नो पालिकामा खटीने गरी जिम्मेवारी दिएको बताउनु भएको छ ।
अभियानको प्रदेश स्तरिय अभिमूखिकरणका क्रममा सुर्खेत रहेका अध्यक्ष हमालले भने ‘हामीले हुम्लाको सिमकोट, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा फागुन १३ गते गाउँ कमिटीको बैठकबाट शुरु गरेर जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडामा वडामा मिसन ग्रासरुट अभियान शुरु गर्छौ । त्यसका लागि पार्टीका सबै कमिटि र नेतृत्वलाई जानकारी गराउनु काम भएको छ ।’
अभियान अन्तरगत १४ गतेदेखि पालिका स्तरिय अभिमूखिकरण कार्यक्रम सञ्चालन हुने भएका छन् । अभियानको अभिमूखिकरण फागुन १४ गते सिमकोट, खार्पुनाथ ताँजकोटमा, १७ गते अदनाचुली, १८ गते सर्केगाड, २१ गते चंखेली र चैत ११ गते नाम्खामा पालिका स्तरिय कार्यक्रमका गर्ने तय गरिएको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिए ।
कर्णाली प्रदेश सभा सदस्य समेत रहेका अध्यक्ष हमालका अनुसार अभियान अन्रगत १७ गते अदानचुली, १८ गते सर्केगाड, १९ गते चंखेली र चैत ११ गते नाम्खा गाउँपालिकाको अभिमूखिकरण कार्यक्रम आयोजना हुनेछ ।