सिमकोट । नेपाल कम्ययुनिष्ट पार्टि एमालेले देशका तीन वटै तहमा एमाले बहुमतको पार्टि बनाउने नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहको भनाई छ । नेकपा एमालेको दुई महिने मिसन ग्रासरुट अभियानका लागि शुक्रबार हुम्ला पेगेका केन्द्रिय सदस्य सिंहले यो कुरा बताए ।
उनले भने शुक्रबार प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य सिंहले नेकपा एमालेको अवको उदेश्य भनेको स्थानीय तह, प्रदेश र संघका तीन वटै तहमा नेकपा एमालेलाई बहुमतको पार्टि बनाउने उदेश्यले दुई महिना मिसन ग्रासरुट अभियानको थालनी गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कार्याक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले हुम्ला जिल्लाका सातवटा गाउँपालिकाका ४४ वटै वडामा एमालेको मिसन ग्रासरुट अभियानले प्रत्येक जनताबाट उठेका आवाजलाई सम्वोधन गर्ने गरि अभियान सन्चालन गरिने भएको बताए ।
नेकपा एमालेको केन्द्रिय कमिटिको निर्णय अनुसार देशका ७७ वटै जिल्ला र ७ सय ५३ वटा स्थानयि तहमा नेकपा एमालेका केन्द्रिय सदस्य र मिसन ग्रासरुट प्रतिनिधिहरुलाई खटाई सकेको र अभियानमा खटिएका सम्पुर्ण नेताहरु सम्वन्धित जिल्लामा पुगि सकेको कन्द्रिय सदस्य सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
सम्मेलन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सिंहले अहिलेसम्म पनि राष्ट्रिय सडक सन्जालले नछोएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट भनेको मानसरोवरको मुख्य गेटका रुपमा रहेको र यसले प्रचुर सम्भावन बोकेको धारणा राखे । यहाँ धार्मीक पर्यटकिय स्थलका दृष्किोणका हिसावले सडक सञ्जालको पहुँजमा अछुतो रहे पनि देशको एक नम्मवर जिल्लाका रुपमा रहेको बताए ।
शुखि नेपाल समृद्ध नेपाल भन्ने नाराका साथ देशै भरि उक्त अभियानको थालनी गरेको केन्द्रिय सदस्यको भनाई छ । कोभिड माहामारिका कारण देश आर्थिक रुपले गिरावट आएको र ६५ करोड मानिसहरु कोरोना प्रभावित भए भने ६० लाख भन्दा धेरैले ज्यान गुमाएको स्मरण गराउँदै सिंहले अन्तराष्ट्र्यि परिस्थितीले पनि नेपाललाई प्रभावित बनाएको व्यक्त गरे ।
सम्मेलनमा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालले व्यहोर्नु परेको हार, लघु वित्तिय संस्थाले जनताको ढाड सेक्ने गरि उठाएको व्याज, जिल्लाका महिला श्रमीकहरुले पाउँदै आएको ज्याला, जिल्लामा स्थापित क्याम्पसहरुको पठनपाठनको अवस्था लगायतका विविध समस्यालाई नेकपा एमालेले त्यसको सम्बोधन गर्नु पर्ने सहभागि भएका पत्रकारहरुले सुझावका रुपमा भनाई राखेका थिए । पत्रकारहरुको सुझावाईलाई फागुन १३ गते शनिबारदेखि हुने नेकपा एमालेको मिसन ग्रासरुट अभियान टोलिले त्यसको समाधानको खोजि गर्ने एमाले पार्टिको स्रोतले जनाएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहको अध्यक्षतामा तथा नेकपा एमाले पार्टिका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहको प्रमुख आतिथ्य र कन्द्रिय पर्यटन विभागका सदस्य तथा केन्द्रिय प्रतिनिधि लंक बहादुर शाहीको विशेष आतिथ्यमा सन्चालन भएको कार्यक्रममा सोही पार्टिका प्रदेश कमिटि उपसचिव रुपा शाही, प्रदेश कमिटि सदस्य गोविन्द बहादुर शाही, जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष डवल रावत, सचव तिर्थराज बोहरा लगायतका नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम दिउसो २ वजे मानसरोबर होटेलमा सन्चालन भएको थियो ।