सिमकोट गाउँपालिकामा सञ्चालित रोकाया कृर्षी तथा पशुपालन फर्मले सुर्खेत नगरपालीका बाट एक सय बिस वटा सामुदायिक पशु हुम्ला पुगाएको छ । दुध उत्पादन तथा प्राङगारिक मल उत्पादन गर्ने उदेश्यका साथ सुर्खेतबाट हुम्ला पुगाइएको हो ।
सामुदायिक पसु उपलब्ध गराईदिन फर्मका सञ्चालक धनरासी रोकायाले निवेदन दिएसगै पालिकाको च.नं. २५९ रहेको पत्र र पशुपंछि विकाश निर्देसनालय कर्णाली प्रदेशको च.नं.२५९ को पत्रको आधारमा नगर क्षेत्र भित्र रहेका सामुदायिक पशुको जिम्मा लगाएको सुर्खेत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले हस्ताक्षर पत्रमा उल्लेख छ ।
पैदल ढुवानीमा सहजिकरण गर्न कर्णाली प्रदेश भुभि व्यावस्था,कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय,सुर्खेत,दैलेख,कालीकोट,अछाम,बाजुरा,हुम्ला र सिमकोट गाउँपालिका बोधार्थमा राखेको छ । नेपाल सरकारबाट तोकीएको पशु ढुवानी मापदण्ड २०६४ अनुसार ढुवानी कर्ताले लैजानु पर्ने सर्तमा १०० गाई,५गोरुर १५ बाचा,बाच्छी जिम्मा लगाएको छ ।
सञ्चालकले पशुहरु हिडेर जान सक्ने छान्ने,प्रतिदीन २५ किलोमिटर हिडाउने दाना पानी खुवाय पछि १ घण्टा आराम गराउनु पर्ने,४ घण्टाको फरकमा आराम गराउनु पर्ने,३० डीग्री माथिको घाम,अविरल वर्षा,आधिवेरी हिमपात लगायतका प्रतिकुल मौसममा नहिडाउने,औषधि साथमा लैजानु पर्ने,विचमा छाडा छोड्न नपाईने विचमा कारणवस मृत्यु भएमा सोको स्थानीय प्रहरी प्रसासनको समन्वयमा दहसंस्कार गर्नु पर्ने,
रकानुन विपरित गाई गोरुलाई काट्ने मार्ने वा तोकिएको स्थान बाहेक नेपाल बाहिर वितरण वा दुरुपयोग गरेमा फर्म प्रचलित कानून वमोजिम सजायको भागेदार हुने छ । बाटोमा कुनै किसिमको दुर्घटना भए स्वयं फर्म जवाफ देही एव कानुनको भागेदारी हुनु पर्ने पत्र सञ्चालकले साथमा राखेका छन ।
सञ्चालक रोकायाका अनुसार विचविचमा विक्री गरियकोले गल्फागाड सम्म १०९ वटा पुगेका छन । उनले भने म सिमीकोटको,एकजना ठेहे र दुईजना खार्पुनाथका गरेर हामी चारजना छौँ । ठाउँ ठाउँमा चेक जाँच सडकमा सवारीसगै हिडाउनु पर्ने जस्ता समस्याले पशुलाई घाँस पानी र हामीलाई खाना खान पाईएको छैन ।
पत्र अनुसार ११ वटा पशुहरु नपुगेको श्रीनगर गल्फागाड प्रहरीचौकीले जनायको छ । फर्म सञ्चालकले प्रक्रिया पुगाएर पैदल ढुवानी बाट पशुबस्तु हुम्लामा पुगाए तर पशुमाग अनुसार दुध उत्पादन र मल उत्पादनको विषयमा आगामी दीनमा सबै निकायले चासोको रुपमा हेरी रहन जरुरी छ ।