नेपाल कम्युनिष्ट पार्टी एमालेको मिसन ग्रासरुट अभियान हुम्लामा शनिबारबाट सुरु भएको छ ।
नेकपा एमालेको केन्द्रिय कमिटिको निर्णय अनुसार देशका ७७ वटै जिल्लामा सन्चालन हुने पार्टी सुदृढिकरण अभियान शनिबारबाट सुरु भएको नेकपा एमाले जिल्ला कमिटि हुम्लाका सचिव तिर्थराज बोहराले बताउनु भयो ।
उहाँका अनुसार हुम्ला जिल्लाका लागि खटाएका तीन जना नेताहरु उक्त मिसन ग्रासरुट अभियानमा जुट्नु भएको छ । शनिबार बिहान मात्रै नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह खार्पुनाथ गाउँपालिका तर्फ प्रस्थान गर्नु भएको छ ।
यता जिल्लाको तल्लो क्षेत्रमा खटिएका केन्द्रीदय निर्वाचन बिभागका उपप्रमुख निरज आचार्यको टोलिले आज ताँजाकोटमा अभिमुखीकरण कार्यक्रम गरीसकेको सचिव बोहराले बताए । त्यस्तै सिमकोट गाउँपालिकामा भने नेकपा एमालेका पर्यटन विभागका केन्द्रिय सदस्य लंक बहादुर शाहीको टोलि सोमबारबाट अभियानमा जुट्ने भएको छ ।
सोमबार हुम्लाको ताँजाकोट गाउँकमिटिका अध्यक्ष नरदिप थापाको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका निर्वाचन बिभाग प्रमुख निरज आचार्यको प्रमुख आतिथ्यमा सुरु भएको अभिमुखीकरण कार्यक्रमसँगै भब्य देउडा खेल खेलाईएको गाउँकमिटिका सचिब कर्ण प्रशाद जैसीले बताए ।
नेता आर्चायले अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यो अभियानको उद्देश्य भनेकै निर्वाचन पछिका घटनाक्रमहरु शुक्ष्म अध्ययन गर्ने र संगठन सुदृढिकरण गर्ने लक्ष रहेको बताउनु भयो । उनले आफ्नो पाटी कुनै पद र प्रतिष्ठाको लागि नभई अन्य पाटीहरु राष्टपति र मन्त्रीको लागि लुछाचुडी गरी रहेको अवस्थामा पाटीलाई बलियो र मजबुत बनाउँदै घरदैलो अभियान तिर होमिएकाले सबै नेता कार्यक्रताहरु एक्यबद्ध हुँन आग्रह गर्नु भयो ।
उक्त अभिमुखीकरण कार्यक्रम सकिए लगत्तै गाउँकमिटिले आयोजना गरेको देउडा खेलको लागि बाजुबाट निमन्त्रण गरीएकी बिपना भण्डारीसँग त्यहाँका स्थानीय खेलाडी अजमल बुढा,चन्द्रप्रकास ढकाल लगायतका खेलाडीहरुले देउडा खेली मनोरञ्जन दिएका छन् ।
कार्यक्रममा प्रदेश कमिटिका सदस्य ग्यामी बुमी,जिल्ला पाटी उपसचिब चन्द्रप्रकास ढकाल लगायत जिल्ला कमिटिका सदस्यहरु,गाउँ कमिटिका पदाधीकार सहित सदस्यहरु र वडा कमिटिका पदाधीकारी लगायत सम्पुर्ण सदस्यहरुको उपस्थित रहेका छन् ।
पाटी अभियानको सिलसिलामा जुम्ला मुगु तिर रहेका स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटीले आफ्नो जिल्ला र गाउँपालिकाका कार्यक्रममा आउन नपाएको बताउनु भयो ।
जिल्ला कमिटि र गाउँकमिटिका पदाधीकारीहरुलाई पत्राचार गर्दै आफु पाटी अभियानको सिलसिलामा यतीबेला मुगुमा रहेको बताउँदै आफु आउन नसके पनि कार्यक्रम तथा बैठक सफलताको सुभकामना ब्यक्त गर्दै अभियानलाई हुम्ला जिल्लामा प्रभावकारी रुपमा सम्पन्न गर्न गराउन सबैलाई सक्रिय रुपमा लाग्न अपिल गर्नु भएको छ ।
फोटाहरु