नेकपा एमालेका पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य योगेस भट्टराईले प्रधानमन्त्री प्रचण्डका खुट्टा लुला भएकाले हल्ली रहेको बताउनु भयो । पुष १० गतेका दिनमा नेकपा एमालेले लगाई दिएको फलामका खुट्टा प्रचण्डले फेर्दा हल्ली रहेको उहाँले टिप्पणी गर्नु भएको हो । नेकपा एमालेको “मिसन ग्रासरुट” अभियानको अद्घाटन गर्न आईतबार जुम्ला पुग्नु भएका भट्टराईले प्रेस चौतारी नेपाल जुम्लाले नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सभाहलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, हल्लीएका फलामको खुट्टालाई बलियो बनाउन पुष १० गतेको सहमतिमा फर्किन प्रचण्डलाई आग्रह गर्नुभयो । पुष १० गतेको सहमति भंग भएको प्रधानमन्त्रीले घोषणा गरेमा बेग्लै खालको नयाँ राजनीतिक समिकरण निर्माण हुने उहाँको भनाइ छ । पुष १० गतेको अडानमा उभिन प्रधानमन्त्रीलाई नेकपालेले अनुरोध गरेको छ ।
प्रचण्डले गरेको निर्णय सचिनेमा नेकपा एमाले विश्वस्त रहेको बताउँदै सचिव भट्टराईले रापप्राले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको हुनाले संविधान अनुसार ३० दिन भित्र पुन प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने हुन्छ । पुष १० गतेको समकिरण कायम नरहेको खण्डमा नयाँ समिकरण बन्ने अवस्था आउने उहाँको भनाइ छ ।
नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारका बिचमा राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा हुने भएकाले एमालेको उम्मेदवार विजयी हुने उहाँले दावि गर्नु भयो । सांसदलाई ह्वीप नलाग्ने भएकाले सुवास नेम्वाङका पक्षमा मतदान हुने भट्टराईले बताउनु भयो । सुवास नेम्वाङले ३२ वटा राजनीतिक दलको समर्थनमा संविधान निर्माण गर्न नेतृत्वदायि भूमिका खेलेको व्यक्ति भएकाले राष्ट्रपतिमा जीत हुने उहाँको भनाइ छ ।
नेम्वाङकै नाममा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पनि उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ । राष्ट्रपति चयन गर्ने मामिलामा उच्चत्तम विवेक प्रयोग गरि मतदान गर्नेमा आफु विश्वस्त रहेको भट्टराईले बताउनु भयो । देश र जनताको हितमा हुने गरि मतदान गर्न उहाँले सांसदहरुसँग आग्रह गर्नु भएको छ ।
पुष १० गतेका दिनमा भएको समिकरणमा नेकपा एमाले अडिग रहेको बताउँदै उहाँले बेमाइनी गर्न खोजिए त्यसको परिणाम राम्रो नहुने बताउनु भयो । राष्ट्रपति चयन गर्ने अधिकार जनताको हातमा भएकाले बाह्य शक्तिले हस्तक्षेप गर्नु नेपालका लागि दुर्भाग्य हुने उहाँले जानकारी गराउनु भयो ।
राष्ट्रिय समाथ्र्य प्रयोग गरि राष्ट्रपति चयन हुनु पर्ने उहाँको भनाइ छ । माधव कुमार नेपालले पनि ठुलो अवसर गुमाएको उहाँले बताउनुभयो । नेकपा एमालेले फेरी एक पटक उहाँलाई राष्ट «पतिको उम्मेदवारको लागि प्रस्ताव गरेपनि स्वीकार नगर्नु उहाँका लागि घाटा भएको भट्टराईले बताउनु भयो ।
राष्ट्रपतिमा माओवादिले मत दिएमा एमालेले थप बलियो बनाईदिने बताउदै पुरानै समिकरणको कुरा बाम पन्थीका लागि राम्रो नभएकोमा उहाँले जोड दिनुभयो । पार्टी माथितिर फर्केको हुनाले तलतिर फर्किनका लागि “मिसन ग्रासरुट” अभियानको सुरुवात भएको उहाँले बताउनु भयो ।
पार्टी सुदृढिकरण र विस्तारका लागि यो अभियान संचालन भएको छ । पार्टीका कमिमजोरी सच्याउने, पार्टीलाई सुदृढ बनाउने र पार्टीलाई जनताका बिचमा स्थापित गर्नको लागि यो अभियान देशैभर संचालन भएको भट्टराईको भनाइ छ । यो अभियान २०७९ साल वैशाख ९ गते सकिने उहाँले बताउनु भयो ।