स्थानीय सरकार सञ्चालन भएको करिब ६ वर्ष बिति सक्दा पनि हुम्ला जिल्लाका ४४ वटा वडाहरु मध्ये ३२ वडाले मात्रै आफ्नै वडा कार्यालयबाट सेवा सन्चालन गरेका छन् । जग्गा पनि वडाको नाममा भएको र गाउँपालिकाले भवन निर्माण गरिदिए पछि आफ्नै भवनबाट सेवा प्रदान गर्न यि वडा सफल भएका हुन् ।
जिल्लाका सात गाउँपालिकाका ३२ वटा वडाको आफ्नै भवन रहेका छन् । दुुई वटा वडाको जग्गा भए पनि भवन निर्माण नभएका कारण भाडाको घरमा कार्यालय सञ्चालन भइरहेका छन् भने आठ वटा वडाको जग्गा पनि नभएको र भाडाको घरबाट कार्यालय सञ्चालन हुँदै आएका छन् ।
जिल्लको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा ६ वटा वडा छन् सबै वडाको आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेको छ । जग्गा वडाको नाममा भएपछि गाउँपालिकालाई भवन बनाउन सहज भएको हो ।
यता जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा ८ वडा रहेका छन् जसमा वडा नम्बर ३ र ६ को मात्र आफ्नै भवन छ । वडा नम्बर ८ को आफ्नो जग्गा भए पनि भवन जीर्ण छ । उक्त गाउँपालिकाका वडा नम्बर २ को जग्गा विद्यालयको भए पनि वडाले आफ्नो भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेको छ । सिमकोट गाउँपालिकाका बाँकी वडा १, ४, ५ र ७ भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका छन् ।
जिल्ला सदरमुकाम सँगै जोडिएको खार्पुनाथ गाउँपालिकामा पनि ५ वटै वडाहरु रहेका छन् पाँचै वडाको जग्गामा भवन निर्माण गरी सेवा सञ्चालन गरिरहेका छन् ति सबैको भवन गाउँपालिकाले निर्माण गरेर सञ्चालनमा आएका छन् ।
जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगार्ड गाउँपालिकामा आठ वटा वडा रहेका छन् ८ वडाहरु मध्ये १, ३, ४, ५, ६, ७ र ८ को आफ्नै भवन निर्माण भएर कार्यालय सञ्चालन हुँदै आएकोमा वडा नम्बर २ को जग्गा भए पनि भवन नभएका कारण भाडाको घरमा कार्यालय स्थापना गरिएको छ ।
उत्तरी दक्षिण क्षेत्रमा पर्ने चंखेली गाउँपालिकामा पनि ६ वटै वडा रहेकोमा सबै वडाहरुको आफ्नै भवनबाट सेवा सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको भनाइ छ ।
त्यसैगरी दक्षिण क्षेत्र तिर रहेकाे अदानचुली गाउँपालिकामा पनि ६ वटै वडाहरु छन् उक्त्त गाउँपालिकामा वडा नम्बर २ र ३ ले मात्रै आफ्नै भवनबाट सेवा सञ्चालन गरी रहेका गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो । यस अघिको सरकारले वडा नम्बर ४ को भबन लगाए पनि पाएक नपर्ने ठाउँमा भएको भन्दै अहिले गाउँपालिकाकाे केन्द्रमै ल्याएर सेवा दिएको छ भने वडा नम्बर ५ ले पनि गाउँपालिकाकाे केन्द्रमै कार्यालय ल्याएको छ भने वडा नम्बर १ र ६ ले गाउँमै कार्यालय भाडामा लिएर सेवा िदएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका ५ वटै वडाका आफ्नै भवनहरुबाट सेवा दिएको छ तर सबै वडा कार्यालय भबन अस्थायी अबस्थामा रहेकाले तत्कालै पक्की भबन बनाउने तयारी भएरहेको निमित्त प्रमुुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।