सिमकोट । २०७९ सालमा सम्पन्न् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले भोगेको पराजयको कारण खोज्दै नेकपा (एमाले) का नेताहरु हुम्लाका दुर्गम गाउँमा छिरेका छन् ।
पार्टीले फागुन ५ गतेदेखि शुरु गरेको पार्टी सुदृढिकरण तथा बिस्तार अभियान स्वरुप सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा तीन टोली बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु गाउँगाउँ छिरेका हुन् ।
गएकौ शिनबार जिल्लाको सिमकोट, खार्पुनाथ र ताँजकोटबाट एकसाथ शुरु भएको अभियानका क्रममा एमाले केन्द्रीय सदस्य निरज आचार्यको टोली ताँजकोट गाउँपालिकाको गल्लबाडा हुँदै सिरुपाटा पुगेको छ । गाउँगाउँका स्थानीय नागरिकसँग घरको छतमा बसेर पार्टी सुदृढिकरण र गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पराजयको कारण खोजिरहेको छ ।
५६ सय बढि पार्टी सदस्यता भएको हुम्लामा गएको प्रतिनिधि सभा र प्रदेश सभाको निार्वाचनमा एमालेले समानुपातितर्फ ६ हजार मत प्राप्त गरेपछि त्यसको कारण गाउँका अगुवा कार्यकर्ता र स्थानीय पार्टीका शुभेक्षुकसँग खोज्ने काम भैरहेको ताँजकोटको गल्लाबाडामा भएका एमाले केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि निरज आचार्यले जानकारी दिए ।
‘गाउँमा पार्टी थेगेका स्थानीय कार्यकर्ता र शुभेक्षुकसँग पार्टीको सुदृढिकरण, बिस्तारको उपयाको खोजि गर्ने र गएका निर्वाचनमा भोग्नु परेको पराजयको कारणका बारेमा परामर्श गर्ने काम भैरहेको छ,’ केन्द्रीय सदस्य आचार्यले भने ‘पार्टी सत्ताका हुँदा गरेका लोककल्याणकारी कामका कारण वस्तीस्तरमा पार्टी ९एमाले० प्रतिको आकर्षण निकै राम्रो देखिएपनि र्विाचनमा पार्टीका उम्मेदारले कसरी पराजय भोग्नु पर्यो भन्ने वडा, पालिका र निर्वाचन क्षेत्र स्तरका समस्याको कारक पत्ता लगाउने काम अभियानमा भैरहेको छ ।’
जिल्लाका तीन गाउँपालिका (ताँजकोट, अदानचुली र चंखेली) गाउँपालिकामा सञ्चालन हुने अधिभयानको नेतृत्व लिएका केन्द्रीय सदस्य आचार्यले तीनवटै स्थानीय तहका सबै वडाको स्थलग अवस्थका बारेमा जानकारी लिने बताए ।
शनिबार ताँजकोटको छप्रेलाबाट भियानमा जोडिएका आचार्यले रामा नैकाला, गल्लाबाड हुँदै सिरुपाटाको गाउँका स्थानीय नेताकार्यकर्तासँगको छलफल गरेको अभियानमा संलग्न एमाले हुम्लाका उपसचिव चन्द्रप्रकास ढकाल ९झलक०ले जानकारी दिए । उनका अनुसार अभियानमा केन्द्रीय सदस्य आचार्यसहित प्रदेश कमिटी सदस्य ज्ञामी बुमी, सुरेन्द्र कार्की, टिकाबहादुर शाही, पुर्णप्रसाद ढकाल, जिल्ला कमिटीका उपसचिव विमलाकुमारी शाहीलगायतका नेताहरुको सहभागता रहेको छ ।
जिल्ला सदरमुकाम सिमकोटका सञ्चालित अभियान वडा नम्बर ५ खाद्यकबाट टोल प्रवेश गरेको छ । शनिबार र आइतबार पालिका स्तररिय बैठक र अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेर सिमकोट तल्लो गाउँबाट अभियान गाउँ प्रवेश गरेको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिए । अभियानका केन्द्रीय प्रतिनिधि लंकबहादुर शाहीको नेतृत्वमा एमाले हुम्लाका अध्यक्ष कलबहादुर हमाललगायतका नेताहरुको टोलीले वडा र वस्ती स्तरमा पार्टी सदस्यता नविकरण, नयाँ सदस्इता वितरण, पार्टीका टोल स्तरका कमिटी, जनवर्गिय संगठनका कमिटीको गठन पुनरगठनका कामसमेत सँगै भैरहेको एमाले हुम्लाले जनाएको छ ।
मिसन ग्रासरुट अभियानको आज तेस्रो दिन केन्द्रीय सदस्य डम्बर बहादुर सिंह खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ गोप्कामा घरदैलो कार्यक्रम गरेको छ । पालिका स्तरिय बैठक र अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको उक्त टोलीले वडा र वस्ती स्तरिय अभियान सञ्चालन शुरु गरेको अभियानमा संलग्न एमाले हुम्लाका उपाध्यक्ष डबल रावतले जानकारी दिए । अभियानका क्रममा पार्टीको सदस्यता नविकरण, टोल कमिटि गठन, वडा कमिटिको नियमित बैठक बस्ने र मिसन ग्रासरुट सब्वन्धिको छलफल गरेको नेकपा एमाले खार्पुनाथ गाउँकमिटिका अध्यक्ष प्रकास हादुर शाहीले बताए । उनका अनुसार खार्पुनाथको अभियानमा केन्द्रीय सदस्य सिंह, प्रदेश कमिटी उपसचिव रुपमा शाही, जिल्ला कमिटी उपाध्यक्ष रावतलगायतका प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरुको संलग्नता रहेको छ ।
सात गाउँपालिका र ४४ वडा भएको हुम्लामा गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले ८ वटामा मात्र बीजयी प्राप्त गरेको छ भने मंसिर ४ मा सम्पन्न प्रनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेले पाँचदलीय गठबन्दनबाट पराजय भोग्नु परेको थियो ।