अदानचुली (हुम्ला) । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले वामपन्थी अवसरवादको मतियार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सांगठनिक अराजकतावादको मतियार एकिर्कत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको दावी गरेका छन् ।
एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा अदानचुली गाउँपालिकाकाको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै केन्द्रीय सदस्य आचार्यले दश वर्षे जनयुद्धका नाममा उग्रवामन्थीको अगुवाइ गरेको माओवादी केन्द्र पछिल्लो समय सत्तालिप्साको हतियार बनेको आरोप लगाएका छन् ।
‘जनमतले टुंगिदै गएको माओवादी अवसर बिना छिनभर टिक्न नसकेकै कारण कहिले एमालेको पुच्छर त कहिले नेपाली कांग्रैसको पुच्छर बन्दै गएको छ,’ आचार्यले भने, ‘वामपन्थीका नाममा अवसरबाट टाढा बस्न नसक्ने नेपाली राजनीतिमा अवसरवादीको सबैभन्दा ठूलो नमुना माओवादी अध्यक्ष प्रचण्ड आफै हुन् ।’
नेकपा (एमाले) माक्सवाद र लेलिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा अगाडी बढेको बताएका केन्द्रीय सदस्य आचार्यले नेपाली भूगोलको मौलिक सिद्धान्तका रुपमा एमालेले जनताको बहुदलीय जनवादलाई अंिगकार गरेको उल्लेख गरे ।
लोककल्याणकारी सरकार र समाजवाद निर्माण उन्मुख कार्यक्रमकै आधारमा नेकपा (एमाले) निर्विकल्पीक राजनीतिक शक्तीका रुपमा स्थापित भएको दावी गरेका आचार्यले माधवकुमार नेपाल सांगठनिक अराजकतावादको मतियार एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको आरोप लगाएका ।
‘पन्ध्र वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि पद स्वार्थका कारण पार्टी विभाजन जस्तो कुत्सित कार्य गर्न पछि नपर्ने माधवकुमार नेपालजस्तो सांगठनिक अराजक कम्युनिष्ट आन्दोलनमा कहिं भेटिदैन्’, उनले थपे ‘पार्टी भित्रका असन्तुष्टीलाई समिक्षा र दुईलाइन संघर्षका आधारमा अघि बढ्नु पर्नेमा देशीविदेशी पैतिक्रियावादीको मतियार बनेर पार्टी विभाजन गर्नु समग्र नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभएर कम्युनिष्ट पार्टीका आम नागरिक माथिको धोका हो ।’
संगठन सुदृढिकरण र बिस्तारका लागि एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका लागि ताँजकोट, अदानचुली र चंखेली गाउँपालिकामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका आचार्यले पार्टी (एमाले) प्रति बढ्दै गएको जनमत देखेर डराएका देशी विदेशी हत्तिहरुले जबरजस्त कहिले पाँच त कहिले आठ दलको मोर्चा बनाएर खेदो खन्न तयार भएको बताए । गएको शनिबार देखि ताँजकोटको छप्रेलाबाट अभियानमा जोडिएको आचार्य नेतृत्वको टोलीले अदानचुलीमा गाउँकमिटीको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गरी चंखेलीतर्फ लागेको छ ।