हुम्ला– चंखेली गाउँपालिकाले प्राकृतिक प्रकाेप पिडितलाई राहत सहयोग गरेकाे छ । गएको असोजमा आएको अबिरल वर्षाको कारण चखेली ६ मेल्छामका देउच्या कामीको घर भत्कीदा उनले ४ जनालाइ गुमाउनु परेको थियो
त्यतीबेला मृत्यु हुँनेमा देउच्या कामीकी कान्छि आमा ५५ वर्षकि तुलसा कामी,९ वर्षकि छाेरी सुस्मिता कामी,५ वर्षकाे छाेरा बबन कामी र ३ वर्षकि छाेरी हाेईजालि कामिकाे मृत्यु भएकाे छ । पहिराे गए लगत्तै स्थानियकाे सहयाेगमा बाबू देउच्या कामी,श्रीमती अबकति कामी,छाेरीहरू,निरू कामी,ममिता कामी र 1 वर्षकाे छाेरालाई उद्दार गरी उपचार गराइएको थियो ।
सोही समयमा गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले निजका घरपरिवारलाइ आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, र उपाध्यक्ष प्रेेमकला शाही द्वरा गाउँपालिका प्रााकृतिक प्रकाेप पिडितलाई राहत सहयोग गरेका छन ।
बाढी पहिराे पिडित देउच्या कामीलाई २ लाख ५० हजार, आगलागी पिडित कर्णबहादुर शाहीलाई २ लाख, आगलागी पिडित जयबहादुर शाहीलाई ३ लाख आर्थिक सहयोग गरिएको गाउँँपालिकाका सुचना प्रविधि अधिकृत ताराबहादुर कार्कीलेे जानकारी दिए ।
मृतक कालीबहादुर शाहीकाे किरियाँ खर्च २५ हजार ,मृतक गाेरबहतदुर बुढाकाे किरियाँ खर्च स्वरूप २५ हजार हस्तान्तरण गरेकाे सुचना प्रााविधि अधिकृत कार्कीले बताए । अध्यक्ष र उपाध्यक्ष उपस्थित आजै हस्तान्तरण गरेकाे कार्कीकाे भनाई छ ।