फागुन २४ गते हुँन गैरहेको विस्व नारी दिवसको अबसर पारेर हुम्लाको अदानचुली गाउँपालिकाले बिभिन्न प्रतियोगिता गरेर मनाउने भएको छ ।
गाउँपालिका अन्त्रगतको महिला बालबालीका शाँखाले फागुन १९ गतेका दिन उपलब्ध वडा अध्यक्ष,जनप्रतिनिधिहरु सहित सम्बन्धीत महिला अगुवाहरुको बैठक बोलाई बिभिन्न प्रतियोगिता गरेर मनाउने निर्णय गरिएको शाखा प्रमुख तथा महिला बिकास निरिक्षक रेनुका पुरी डिसिले बताइन् ।
अबको ४ दिन सम्म वडा वडामा भएका जनप्रतिनिधि र क्रमचारीहरुले सम्बन्धीत वडाका महिलाहरुलाई खबर गरेर हाजिरिजवाफ प्रतियोगिता सहित बिभिन्न खेल खेलाएर मनाउने गरी तयारी गर्न भनिएको छ ।
लैङ्गीक समानताको बलियो आधार,सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार भन्ने मुल नाराका साथ मनाउन लागिएको विस्व नारी दिबशमा बिशेष गरी महिला,बालबालीका,घरेलु हिंस लगायतका प्रश्नहरु तयार पारी हाजीजवाफ प्रतियोगिता गर्ने तयारी भैरहेको बताउनु भयो ।
छलफल कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष डिलबहादुर फडेरा,कार्यपालिकाका सदस्यहरु र अन्य जनप्रतिनिधिहरु,क्रमचारीहरु सहित अगुवा महिलाहरुको उपस्थितीमा यस्तो निर्णय भएको हो ।
गाउँपालिकामा आए देखी कुनै पनि काम नभएकाले आफु यहाँ आइ सकेपश्चात पहिलो कार्यक्रम गर्न खोजेको बताउँदै अहिले सम्म आफ्नो शाँखाको कार्यालय समेत नभएको महिला बिकास निरिक्षक रेनुका पुरी भनाइ छ यसमा सबैले सहयोग गर्न आग्रह समेत गरेकी छन् ।