एउटा सनातनी मान्यता छ कि गाउँमा विकास छैन, त्यसैले मानिसहरू सहर पस्छन् । अचेल त्यस्तो छैन, गाउँमा विकास भन्दा धेरै बिबाद छ । किनकी हाम्रो गाउँमा के छैन ?
गाउँमा बिजुली पुगेको छ तर बल्दैन,मोटर गाडी चल्ने सडक पुगेको छ तर जतीबेला पनि सहजरुपमा यात्रा गर्न पाउँदैन । खानेपानीका धाराहरू घरघरै हुन थालेका छन् तर पानी पाउँदैन । पालिकापिच्छे स्वास्थ्य संस्था खुल्न थालेका छन् । वडा वडामा स्वास्थ्य इकाइ छन् तर त्यहाँ पर्याप्त मात्रमा औषधी र स्वास्थ्यक्रमी छैनन् यि नै हुँन बिकास भन्दा बिबाद धेरै हुँने कारणहरु ।
वृद्धवृद्धा,बालबालिका,एकल तथा अपांगता भएका ब्यक्तिहरुका लागि नेपाल सरकारले माषिक भत्ताको ब्यबस्था गरेको छ तर समयमा नागरिकले पाउँदैनन् । गाउँमा युवाहरु तमाम छन् तर उनिहरु बेरोजगार छन् त केही युवाहरू भने कि विदेशिएका छन् ।
सरकारले गाउँ गाउँमा बिकासका योजनाहरु दिएका छन् तर जनप्रतिनिधि,क्रमचारीहरुले जो आफ्नो जुत्ताको तुना धुन्छ उसैलाई बार बार उपभोक्ता समिति बनाएका छन् र उनिहरुकै आसेपासे युवाहरुले मात्र काम गर्न पाउँछन् । दश लाखको योजनामा १० प्रतिशत संघ र प्रदेशका ब्वाँसाहरुलाइ बुझाउनु पर्छ,१० प्रतिशत स्थानीय ब्वाँसाहरुलाई तेल लगाउनु पर्छ र बाँकी रहेको रकममा पनि योजनाको पहलकर्तालाई नबुझाए सँधैको लागि बिरोधी बन्नु पर्छ । बिचरा उपभोक्त समितिले पनि के गरुन् १०,२० प्रतिशत आफुलाई पनि त निकाल्नै पर्यो बाँकी रहेको रकम दिनभर पसिना चुहाएर काम गरेका कामदारहरुले बाँडीचुडी तेल दाल चामलकै लागि भए पनि बाँधय भएर बुझ्नै पर्ने बाध्यता छ । त्यसैले पनि बिकास भन्दा बिबाद धेरै हुँनु स्वभाकीक पनि देखीन्छ ।
त्यती मात्र होइन,गाउँमा बाहिरबाट आएको बिकास पनि अनगिन्ती छ,ग्रामीण सडक,खानेपानी बिद्युत,पुर्वाधारका क्षेत्रमा पनि थुप्रै बजेट बिनियोजन गरिएको हुँन्छ र ति केहि योजनाहरु त गाउँमा पुग्दैनन् शहरीयाहरुकै हालीमुहाली देखीन्छ,बिचौलियाहरुको हालीमुहाली देखीन्छ । वर्षभरी गाउँमा नदेखीने शहरीयाहरु जेठ असार लाग्दा बित्तीकै गाउँमा राजनिति गर्न आउँछन् । कमिसन दिएर ल्याएका योजनाहरुको सम्झौता,भुक्तानी एकै पटक गर्न आउँछन् त केही गाउँमा पठाएका योजनाहरुको भाले कुखुरा खसी सहित आतेजाते भाडा उठाउनको लागि । अनि यसलाइ बिकास भन्ने की बिबाद ?
गाउँमा सडक पुग्छ त्यो बिकास हो तर ति ठुलाबडाहरुले आफ्ना जग्गा चुकाएर जो गरिब नागरिकका जग्गाहरुमा सडकको सर्बे गरेर लिन्छन् । त्यसैमा पनि डोजर आतङ्क उत्तीकै छ । भनिन्छ नि,फापर काँ छ काँ छ खलो ढुस्कामै भने झै जनप्रतिनिधि ठुलाबडा हुँनु त पछिको कुरा हो पहिलै डोजर ल्याएर बसेका हुँन्छ सडक खन्ने पनि उनिहरुकै डोजर हुँन्छन्,उपभोक्ता समिति पनि उनकै भाइ बुहारी,नाता गोता सकिए पछि मात्र आसेपासे नै हुँन्छन् र अन्तीममा अन्यले चान्स पाउँछन् यसलाई बिकास भन्ने कि बिबाद ?
रह्यो क्रमचारीको कुरा । त्यो पनि त्यस्तै हो भाइ बुवारी,छोरा छोरी नसकिन्जेल त अरुले चान्स पाउने कुरै छैन,अरु कार्यकता त घाँटी सुकुन्जेल चुनाबमा नारा लगाउने मात्र हुँन्,झण्डा समाउने मात्रै हुँन्,फुलमाला र खादा लगाउने,उनिहरुलाइ खाना खुवाएर बिभिन्न नानाथरीका आसपासन सुरे बस्नु बाहेक बिकल्प छैन अनि बिबाद त नहुँने कुरै छैन ।
क्रमचारीहरु भाग बण्डा गरीन्छ,प्रमुख प्रशासकिय अधिकृत,लेखापाल र शाँखा प्रमुखहरु त आफ्नै पाटीसँग सम्बन्धीत आफन्त नभए कामै नचल्ने अवस्था सृजना गराउँछन्, यहाँका स्थानीय सरकारहरु एक बर्षमा ४,५ पटक कार्यकारी फेर्छन् ,अध्यक्षले ल्याएको उपाध्य मान्दैनन् भने उपाध्यक्षले ल्याएको अध्यक्षले मान्दैनन् किनकी त्यहाँ आफ्ना कार्यकर्ता र आफन्त भर्ती गर्नुछ,गैरकानुनी काम गरेर अकुत सम्पती कमाउनु छ त्यस कारण पनि बिकास भन्दा बिबाद धेरै छ ।
राज्यको सम्पतीबाट गाउँ गाउँमा बिद्युत बनेका छन् ति पनि निहित स्वार्थका कारण एक एक ब्यक्तिसँग सिमति रहेका मनपरी छ उनले चाहेमा बल्छ तर निले चाहेनन् भने बन्द भैहाल्छ त्यस्ता गलत स्वभाबले पनि बिबाद हुँने गरेको छ ।
विकास भनेकै सडक, बत्ती र पानी ठान्ने भाष्यमा प्रश्न सिर्जना भएको देखिन्छ । विकास भनेको बिबाद रहित समाज निमार्ण हुँनु पनि बिकासको एउटा नमुना हो । कुनै पनि गाउँमा वा समाजमा बिबाद छैन भने त्यहाँ बिकास गर्न त्यती गाह्रो हुँदैन ।