हिजो साँझपख सबै साथीहरु कुरा भयो भोली कसरी होली मनाउने ? बिभिन्न साथीहरुका बिभिन्न थरीका कुराहरु भए तर होली मनाउने कुरामा आन्तरीक रुपमा तयारीमा थिएन किनकी मसँग शुक्को पैसा थिए, त्यसैले पनि खासै भित्रैबाट साथीहरुसँग बोल्ने मुडमा थिएन तर पनि बाध्यात्मक स्थीतीमा हाँसे जस्तै गरे ।
त्यतीकै साँझको खाना खान होटमा गए त्यहाँ पनि खाना खाउँ कि नखाउँ जस्तै भयो किनकी करिब ४ महिना भयो होटमा एक सुक्को दिएको छैन साँझ होटलमा केही नभनी चुपचाप खाना खाएर कोठामा निस्के र कपडा नखोली बिस्तरामा गएर पल्टे र सम्झे ।
घरमा बाबामुमाले सोच्दै होलान् छोराले भोली होली खुब रमाइलो गरेर मनाउने तयारी गरेको होला तर मेरो यताको हरिबिजोग कसलाई थियो र ?
पहिलो पटक सरकारी सेवामा प्रबेश गरे लगत्तै गाउँपालिकामा पुगे,कलिलो उमेर अनि नयाँ जोर जाँगर उमंग उत्तीकै थियो । जुनै काम दिए पनि त्यसलाई रचनात्मक तरिकाले गरेर एक सच्चा राष्ट्रसेवक बन्ने इच्छा बोकेर गाउँपालिकामा पुगेको थिए तर त्यहाँ पुगेलगत्तै गाउँपालिकामा बिबाद भएको कुरा थाहा भयो ।
मैले सोचे सामान्य बिबाद होला १,२ दिनमा कुरा मिलिहाल्छ होला तर १,२ होइन एक वषै हुँन थाली सकेको रहेछ । हरेक दिन बिहान आज हाजीर गर्न मिल्छ होला भन्ने सोच्यो साँझ फेरी उस्तै ।
हरेक दिन नयाँ योजना बनाउनुको साँटो हरेक दिन प्रतिदिन इच्छा शक्तीमा ह्रास हुँदै जान थाल्यो मेरा भाग्यनै यस्तै होकी त क्या हो भन्ने पनि लाग्न थाल्यो । आफुसँगैका अन्य ठाउँमा गएका साथीहरु कत्ती खुसी छन् सबैले फोन गरेर ह्याप्पी होली भन्दै आज हाम्रो त फलानो ठाउँमा होली खेल्न जाने योजना छ तेरो काँ हो हँ भन्दै सोध्न थाले मेरो त नकुनै योजना थियो न यता कोही कसैले घुम्न जाँलउला भनेर खबरनै आएको थियो त्यसैले मैले पनि साथीहरुलाई झटा गफहरु दिएर फोन राख्ने गरे ।
मनमनै सोचे, मलाइ खासमा यस्तो समस्या किन आयो ? यस किसिमको परिस्थीती कसले ल्यायो ? कमसेकम काम नदिए पनि नेपाल सरकारले दिएको तलब त दिनु नी,राम्रोसँग खान बस्न र रमाइलो गर्न त पाउँथे नि ?
न हामीलाई गाउँपालिकाले काम दियो न माम । आफु आए देखी कसलाई कार्यकारी मान्ने त्यो पनि थाहा छैन, दिन प्रतिदिन कार्यकारी फेरीएका फेरीयै छन्,अध्यक्षलाई त देखेका मात्र छौ,फोन गर्दा उठाउँदैन,हाजीर गर्न पनि सुर्खेत जानु पर्छ अहिले सम्म घरबाटै पैसा पठाएर जेना तेना चलाएको छु पैसा छैन पनि कसलाइ भन्ने ? हुँन त यताका सबै शिक्षक क्रमचारीहरु कसैले पनि असोजबाट तलब पाएका छैनन् । शिक्षकहरु तलब नपाएको भन्दै शहर तिर गएका शिक्षकहरु आउन पाएका छैन अनि को सँग भन्ने मेरो बेदना ? कार्यकारी को हो त्यो पनि थाहा छैन,लेखापाल पनि गाउँमा छैनन् त्यसैले आफ्नो बेदाना लुकाएर राखीएको छ । यती संझिदै गर्दा निदाए छु ।
बिहानपख सुर्योदयसँगै शाथीहरु रङङल्याएर मेरो बिस्तरामै पुगे मैली पनि हतर पतर मुख पुछपाछ गरेर फ्रेस जस्तो भए अनि सुरु भयो रङदल्ने कार्यक्रम ।
त्यो त साथीले ल्याएको रङ साँटिया,मैले सोचे के दिनभर अरुकै रङले चित्त बुझाउने हो त ? होइन ! अब पसलमा गएर मैले पनि रङ किनेर ल्याउनु पर्छ भन्दै पशलमा पुगे र साउजीलाई भने साहुजी,साहुजी २ प्याकेट दिनु न ? साउजीले भने ह्याप्पी दशै,मैले पनि सेम टुयु भने । अनि साहुजीले कुरा लगाइहाले उहि गाउँपालिकाको ? बिचरा क्रमचारीहरु के खाइरहेका होलान् है ! ६।६ महिना भैसक्यो तलब नहालेको । उनिहरुले तलब नपाएपछि बजार पनि कसरी चल्नु र ? बिहान मात्रै मेरो रङ पनि आज उधारै गयो । के गर्नु त उनिहरुसँग पनि बिचरा मैले पनि लैजाउ भने ।
त्यतीकैमा मैले भने साहुजी म पनि त्यस्तै हो है ? कती बुवासँग पैसा माग्ने भनेर मागिन,एक न एक दिन त तलब देलान् नी,त्यती बेला बुझाउँला ।
साहुजीले भने हुँन्छ हुँन्छ तपाइहरुको समस्या हामीले पनि बुझेका छौँ लैजाउ । भने पनि मेरो खुसीको सिमानै रहेन र म फर्किए अनि दिनभर उधारो होली खुब मनाइयो ।
(सत्य कुरा तर नाम नभन्ने सर्तमा)