सर्केगाड गाउँपालिकाले एकै दिन तीन वटा कार्यक्रम गरेको छ। बिहानै ६ बजे गाउँपालिकाले स्थानीय क्लब, सर्केगाड प्रहरी चौकी र बुद्धिजीवीहरुको उपस्थीतीमा बजारको सरसफाइ गरेको छ।
दिउँसो १ बजे सर्केगाड गाउँपालिकाकै हलमा भुमी सम्बन्धि गाउँपालिका स्तरिय सहजीकरण समिति गठन गरी अभिमुखिकरण कार्यक्रम समेत गरेको छ। उक्त कार्यक्रम जिल्लाबाट आएको टोलि, सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिहरु, आठै वडाका सहायक प्रसासन र राजनीति दलका नेताहरु बिच करिब २ घन्टा लामो छलफल भएको हो।
भुमिहिन, सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीको खास पहिचानको खोजी गरि भुमी दिलाउनको लागि सर्केगाड पालिका सधै लागि पर्ने पालिका अध्यक्ष ठान बहादुर रोकायको भनाइ छ। उनले भने केन्द्रमै पुगेर भुमि आयोगसँग सम्झौता गरिसकेको छु ।
फेरी दिउसो ३ बजेबाट गाउँपालिका भित्रका ३२ वटै बिद्यालयका प्रधानाध्यापकहरुसँग स्थानीय सरकारले समसामयिक विषयमा छलफल गरेको हो। छलफलमा अधिकांस प्रधानाध्यापकले आ आफ्नो बिद्यालयको समस्या र गुनसो गरेका छन् । लालिगुराँस माबिका प्रधानाध्यापक काली बहादुर महताराले आफ्नो कुरा राख्दै नेट ईन्टरनेटको पहुँच नहुँदा हामी शिक्षक नै देश बिदेशका समाचारसँग बन्चित छौं अनि कसरी विद्यार्थीलाई समसामयिककुरा सिकाउने भन्दै गाउँपालिकालाई प्रश्न गरे ।
समग्र बिद्यालयका गुनासा प्रती स्थानीय सरकार चिन्तित रहेको र चाडैं अनुसन्धान गरि कार्यान्वयनमा जाने पालिका उपाध्यक्ष मुक्ति कार्कीको भनाइ छ । शिक्षामा देखिएको समस्या, दरबन्दी मिलन, विद्यालय मर्ज र स्थानीय पाठ्यसामग्रीको संरचनका निम्ति दिगो परिकल्पनाबाट अगाडि बढ्ने र सर्केगाडको शिक्षा पर्ती सधै आफू सकारात्मक रहेको अध्यक्ष ठान बहादुर रोकायले बताए। त्येसैगरी प्रमुख प्रससाकिय अधिकृत नर रावतले स्थानीय शिक्षा निति बनाउन सहयोग गर्न सबैलाइ अनुरोध गर्न भयो ।
उक्त कार्यक्रममा विद्यालयको वार्षिक परिक्षा र अन्य विषयमा छलफल भएको छ। पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रससाकिय अधिकृत, शिक्षा सँका प्रमुख र प्रधानाध्यापकहरु बिचको छलफल कार्यक्रम करिब २ घन्टा लामो चलेको थियो।