हुम्लाको सर्केगाड गाउँपालिकाले नारी दिवसको अबसर पारी देउडा कार्यक्रम सञ्चालन गरेको छ । सर्केगाड गाउँपालिकाको आयोजनामा र सुस्वा परियोजना÷वास तथा महिला कल्याण सेवा सर्केगाड हुम्लाको आर्थिक सहयोगमा ११३ औँ अन्तरास्ट्रिय नारी दिवसको अबसर पारी देउडा कार्यक्रम सन्चालन भएको छ ।
कार्यक्रममा अछाम जिल्लाकी रास्ट्रिय लोक दोहोरी कलाकार तथा सुस्वा परियोजनाकी राजदुत सुनिता बुढाथोकीको उपस्थितमा महिनावारी स्च्छ्ता सम्बन्धि जनचेतनामूलक लोकदोहोरी गित प्रस्तुत, बक्तित्तोकला तथा स्थानिय देउडा सास्कृतिक कार्यक्रम भब्य रुपमा सफल भएको महिला कल्याण सेवाका लेखापाल टाक्पा लामाले बताउनु भयो ।
कार्यक्रममा सर्केगाड गाउँपालिकाका आठ वटै वडाका स्थानिय महिलाहरुले देउडा खेलको प्रस्तुती देखाएका छन । भने बक्तित्वकला प्रतियोगितामा वडा नं १ जैरको सरस्वती माध्यामीक बिद्यालय प्रथम, वडा नं २ मा रहेको लाली गुराँस माध्यामिक बिद्यालय लिप्ने दोस्रो, वडा नं ४ को हिमज्योती मावि सर्केगाड तेस्रो र वडा नं ५ को भुवानी मावि गोठी सान्त्वाना भएको छ ।
पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई स्टेशनरीका सामाग्री सहित पुरस्कार दिएको लामाको भनाइ रहेको छ त्यसैगरी आठ वटै वडामा देउडा खेललाई एक एक थाल र एक एक वटा गिलास वितरण गरिएको छ । फागुन २४ मा नारी दिवसको दिन कार्यक्रमको उद्धाटन मात्र परिएको र फागुन २६ गतेबाट कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले आगामी दिनमा यस्ता किसिमका कार्यक्रम बार्षिक रुपमा गर्दै आउने , कार्यक्रमले सकरात्मक रोच र जनचेतना मुलक सन्देश फैलाएको प्रतिकृया दिनु भयो ।