हुम्लाकाे सर्केगाड गाउँपालिकाकाे हिउँदे गाउँसभाले दुइ करोड रुकम विनियोजन गरेको छ । बिहिबार सम्पन्न गाउँ सभाले पालिकाको प्रशासनीक भवनका लागि डिपिआर गर्न २० लाख, खेलकुद रंगशालाको डिपिआर निर्माणका लागि २० लाख, खाने पानी तथा जलस्रोतका लागि ४२ लाख, ग्युसी विद्यालय निर्माणका लागि १२ लाख रकम सभाले विनियोजन गर्ने निर्णय गरेको छ’, उनले भने ’सभाले पुनि स्मृती प्रतिक्षालय निर्माणका लागि २ लाख ५० हजार, बाल विकास सहजकर्ता पारिश्रमिक १५ सय का दरले १४ लाख, स्वयम्भु आधारभूत विद्यालयलका लागि १० लाख, सलिसल्लादेखि तुम्च कुनासम्म ग्रामिण सडक मर्मत ३८ लाख, सर्केगाडदेखि सेलतडी ग्रामिण सडक मर्मतका लागि ८ लाख र गाउँपालिकाको प्रशाकीय भवन घेरबारका लागि ३० लाख रकम गरेर २ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।’
विभिन्न ८९ ऐन, नियम र कार्यविधि पारित
गाउँ कार्यपालिकाले तय गरेका विभिन्न ८९ ऐन, नियम र कार्यविधि सहित डल्लो रहेको पालिकाको दुई करोड रकम विनियोजन गर्दै सर्केगाड गाउपालिकाको ११ औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ । बिहिबार (आज) गाउँपालिकाको केन्द्र सर्केगाडमा आयोजना गरिएको हिउँदे गाउँसभा विभिन्न कार्यविधि र नियम पारित गर्दै सम्पन्न भएको हो । उक्त गाउँसभामा ८९ वटा ऐन नियम नियमावलि तथा कार्यबिधि सर्बसम्मत पारित गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले जानकारी दिए ।
उपाध्यक्ष कार्कीका अनुसार सभाले कार्य सञ्चालन निर्देशिका, समिति गठन र सञ्चालन सम्वब्धि कार्यविधि, सर्केगाड गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यविधि, बाल अधिकार संरक्षण तथा पर्वद्धन सम्बन्धि कार्यविधि, सर्केगाड गाउँपालिकाको उपभोक्ता समिमिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, सर्केगाड गाउँपालिका सामाजिक समावेशिकरण नीति, सर्केगाड गाउँपालिका विपत व्यवस्थापन कोष सञ्चालन कार्यविधि, एकिकृत सम्पति कर व्यवस्थापन कार्यविधि, आकाष्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, सर्केगाड गाउँपालिकाको सञ्चालित कोषको आन्तरिक लेखा परिक्षण सम्वन्धि कार्यविधि पारित भएका छन् ।
गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले सर्केगाड गाउँपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्र, सर्केगाड गाउँपालिकाको आर्थिक कार्यविधि, नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन, गरिवि निवारणका लागि लघु उद्दम विकास कार्यक्रम (मेटपा) सञ्चालन कार्यविधि, सर्केगाड गाउँपालिकाको घर वाहल कर व्यवस्थपन कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, न्ययिक समितिले उजुरीको कावरबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सर्वसम्मत रुपमा पारित गरिएको छ ।
यसैगरी सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकीय कार्यविधि, नियमित गर्ने ऐन २०७९, सर्केगाड गाउँपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि २०७९, सर्केगाड गाउँपालिकाको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि २०७९, वातावरणमैत्री स्थानीय शासन प्रा?प २०७९, सर्केगाड गाउँपालिकाको गाउँ प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, असाह असक्त गरिव तथा विपन्न वर्गका लागि निशुल्क स्वास्थ्य विमा गर्ने सम्वन्धि कार्यविधि २०७९, सर्केगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ लगायतका ८९ वटा कार्य विधि तथा ऐन नियमावली सभाले पारित गरेको उपाध्यक्ष कार्कीले बताए ।