हुम्लाको मध्यक्षेत्रको रुपमा चिनीने सर्केगाड गाउपालिकाको हिउँदे गाउँसभा भएको छ । बिहिबारमा आवान उक्त गाउँसभामा ८९ वटा ऐन नियम नियमावलि तथा कार्यबिधि सर्बसम्मत पारित भएको छ भने दुई करोड रकम विनियोजन गरेर ११ औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिका केन्द्र सर्केगाडमा आयोजित हिउँदे गाउँसभामा न्ययिक समितिले उजुरीको कार्वाहि किनारा देखि कार्यपालिकाको बैठक सन्चालन लगायतको ८९ वटा ऐन नियम नियमावलि तथा कार्यबिधि पारित भएको प्रमुख प्रसासकिय अधिकृत नर बहादुर रावतले बताए ।
उनकानुसरा सर्केगाड गाउँपालिकाको कार्य सन्चालन निर्देशिका, समिति गठन र सञ्चालन सम्बन्धी कार्य विधि, सर्केगाड गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्वन्धि कार्य विधि, बाल अधिकार सुंरक्षण तथा पर्वधन सम्वन्धि कार्यविधि, सर्केगाड गाउँपालिकाको उपभोक्ता समिमिति गठन परिचालन तथा व्यवस्थापन सम्वन्धि कार्य विधि, सर्केगाड गाउँपालिका सामाजिक समावेशि करण निति, सर्केगाड गाउँपालिका विपत व्यवस्थापन कोष सन्चालन कार्यविधि, एकिकृत सम्पति कर व्यवस्थापन कार्यविधि, पारीत भयाे ।
यस्तै आकासमिक कोष सन्चालन तथा व्यवस्थापन कार्यत्रविधि, सर्केगाड गाउँपालिकाको सन्चालित कोषको आन्तरिक लेखा परिक्षण सम्वन्धि कार्यविधि, सर्केगाड गाउँपालिकाको आपतकालीन कार्य सन्चालन केन्द्र, सर्केगाड गाएपालिकाको आर्थिक कार्य विधि, नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन, गरिवि निवारणका लागि लघु उद्धम विकास कार्यक्रम नेटपा सन्चालन कार्यविधि, सर्केगाड गाउँपालिकाको घर वाहल कर व्यवस्थपन कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन कार्य विधि, पारीत भयाे ।
न्ययिक समितिले उजुरीको कार्वाहि किनारा गर्दा उपनाउनु पर्ने कार्य विधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेक २०७९, सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकिय कार्य विधि नियमित गर्ने ऐन २०७९,सर्केगाड गाउँपालिका मेलमिलाप केन्द्र सन्चालन सम्वन्धि कार्य विधि २०७९, सर्केगाड गाउँपालिकाको योजना प्रक्रियामा युवा सहभागिता सम्वन्धि कार्यविधि २०७९, बाताबरणिय मैत्रि स्थानीय शासन प्रारुप २०७९, सर्केगाड गाउँपालिकाको गाउँ प्रहरी सन्चालन तथा व्यवस्था पन कार्यविधि, असाह असक्त गरिव तथा विपन्न वर्गका लागि निशुल्क स्वास्थ्य विमा गर्ने सम्वन्धि कार्यविधि २०७९, सर्केगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ लगायतका ८९ वटा कार्य विधि तथा ऐन नियमावली पारित भएको उपाअध्यक्ष चन्द्र सिङ कार्कीले बताउनु भयो ।
उपाअध्यक्ष कार्कीले भने दुई करोड रकम विनियोजित भएको छ । उनका अनुसार प्रशासन भवनका लागि डिपिआर २० लाख, खेलकुद रंगशाला डिपिआर निर्माणका लागि २० लाख, खाने पानी तथा जलस्रोतका लागि ४२ लाख, ग्युसी विद्यालय निर्माणका लागि १२ लाख, पुनि स्मृती प्रतिक्षालय निर्माणका लागि २ लाख ५० हजार िविनयाेिजत भयाे ।
यसैगरी बाल विकास सहजकर्ता पारिश्रमिक रु १५ सय का दरले १४ लाख, सोयम्भु आधारभूत विद्यालयलका लागि १० लाख, सलीसल्लादेखि तुम्च कुनासम्म ग्रामिण सडक मर्मत ३८ लाख, सर्केगाडदेखि सेल्तडी ग्रामिण सडक मर्मतका लागि ८ लाख र गाउँपालिकाको प्रशाकीय भवन घेरबारका लागि ३० लाख रकम गरेर २ करोड रुपैयाँ बजेट विनियोजित भएको छ ।
गाउँपालिकाले तय गरेका कार्य विधि तथा ऐन नियमावली सर्वसहमत पारितले सबैको हितमा लाग्न सहज मिल्ने गाउपालिका अध्यक्ष ठान बहादुर रोकायाले बताए । जुन सुकै सरकार तथा सरकारको मातहतका प्रसासनले सुसासन अपनाउन सम्बन्धीत सरकारको ऐन नियम कार्यविधीमा टेकेर काम गर्दा सबृद्ध पालिका हुन समय नलाग्ने दावि गरेका अध्यक्ष रोकायाले नियम विपरित नहुनुले शुसासन कायम हुने विश्वास व्यातm गर्नु भयो ।