अदानचुली गाउँपालिकाको गल्फागाड देखि ठाडाकाट्ना सडक निर्माणसँगै कालोपत्रे गर्ने विश्व बैङकको प्रस्ताव रहेको छ । सडक निर्माणका लागी विश्व बैङकका ईन्जीनियर र पालिका अध्यक्ष सहितको टाली मार्फत भुगोल अनुगमन भएको छ ।
निर्माणसँगै कालोपत्रे गर्ने विश्व बैङकको प्रस्तावको विषयमा कालागाणमा पालिकाका जनप्रतीनिधी,प्राविधिकहरु र स्थानीयहरुको उपस्थीतीमा पहिलो छलफल भएको छ । विश्व बैङक मार्फत १४ किलो मिटर २ सय मिटर सडक निर्माण गर्ने भएको छ ।
१८ महिना भित्र निर्माण सडक कालोपत्रे गर्ने र अन्य कार्यहरुमा पनि सहजीकरण गर्ने बिश्व बैकले लक्ष्य लिएको विश्व बैकका ईन्जीनियर भुवनेस त्रीपाटीले बताए उनले भने घरजग्गा गएरको विषयमा विवाद उब्जे बैङकले हात नहाल्ने पुर्व जानकारी गर्दै नाली सहित ८ मिटर चौडाईको तयारीका लागी सडक तल माथिका घर टहरा उठाउन पालिकाले आफै जिम्बेवार हुनु पर्ने बताए ।
सुरुको फेज मार्फत सडक निर्माण गरेर पालिका जोड्ने त्यस पछि वडासगै शिक्षा, स्वास्थ्य,कोल्ड स्टोर,खेतियोज्ञ र वजारीकरण सम्मको काम गर्दै १५ वर्षे कार्यक्रम रहेको स्पस्ट पारे । सडकको सर्वे गर्न ७ गते प्राविधीकको टोली अदानचुली पुग्ने छ भने जुनमा टेण्डर आवान हुने छ स्थानीयले ज्यामीका रुपमा काम गर्न पाउने छन ।
यो कार्यक्रम कर्णाली,सुदुर र मधेस प्रदेसमा मात्र लागु भएको छ । विश्व बैकले ८ मिटर चौडाई सडक निर्माण गर्ने जनायको छ तर यतीबेला नै सडकको तलमाथि लाखौँको रकम खर्चेर घर बनाईएका छन । तत्काल घरहरु हटाउन पालिकाले यस विषयमा समन्वय बढाउने छ ।
साझा विकाश गर्दा पनि कुनै व्यातिm टटस्थ रहन गए प्रदेस सघमा समेत पहल गरेर व्यावस्था गर्न विकल्प छैन । तैपनि अदानचुलीवासीले विकाश लाई सहर्स स्वीकार गरेर अघि बढ्ने गाउपालिका अध्यक्ष मोहन बिक्रम सिहको भनाई छ ।
सधैजसो विवाद मात्र थेगेको अदानचुलीले बिकाश पनि गर्न जानेको छ भन्ने चुनौती स्वरुप मुख्य मन्त्रालय,भौतीकपुर्वधार लगायतको ठाउँमा अध्यक्ष सिह आफै पुगेर पहलमा लागेको बुझियको छ ।
सर्वे टोली पुग्नु अगावै विबाद रहित बनाउन पालिकालाई भ्याई नभ्याई हुने हुदा समन्वय कर्ता बनायर अघि बढ्ने तयारी गर्ने उपाअध्यक्ष कण रोकाया सुदारले बताए । आजको छलफल बाट फर्किने क्रममा यो कार्यक्रमले धेरै आसामुखी रहेको बताएका उपाअध्यक्ष रोकायाले सबै जनप्रतिनीधी देखी आम जनता खुसी हुनु पर्ने दावि गरे ।
राम्रो खोज्नेले केही क्षेती पनि मोल्नुपर्ने अवस्था आउन सक्ने सँकेत गर्दै पालिकाको भुमिका महत्वपुर्ण हुने बताए भने सडक निर्माण गर्दा घरजग्गा भत्काउदा अनुरोधको प्रक्रिया बाट अगाडी बढ्दै विबाद समाधान समिती बनायर बिकाशमा सबैको साथ रहने उपाअध्यक्ष रोकायाको भनाई छ ।
छलफलमा अदानचुलीका अध्यक्ष,उपाअध्यक्ष,जिल्ला समन्वय समिती उप प्रमुख दलु फडेरा,वडा न ३का वडा अध्यक्ष डिल बहादु फडेरा, वडा न ६का वडा अध्यक्ष बृख बहादुर बुढा लगायत जनप्रतिनिधी,राजनीतीक दलका प्रतिनीधी र पालिकाका प्राविधीकहरुको टोली सहभागी थियो ।
आजको छलफलले बिकाशमा बिबाद छैन भन्ने पनि प्रभाव पारेको छ । विश्वबैकले पालिकामा समन्वयका गरेरै अघि बढ्ने लक्ष्य लिईरहदा गाउपालिकाको भुमीका र स्थानीयको सर्मथन रहे सडक निर्माण मात्र होईन शिक्षा,स्वास्थ्य,बजारीकरण देखि खेतीयोज्ञको प्रवल सम्भावना देखिन्छ ।