हुम्ला (अदानचुली) । जिल्लाको अदानचुली गाउँपालिकाले आउँदो शैक्षिक सत्रबाट स्थानाीय पाठ्यक्रम लागु गर्ने भएको छ ।
गाउँपालिकामा आइतबार एक कार्यक्रममा आउँदो शैक्षिक शत्रमा स्थानीय पाठ्यक्रम लागु गर्ने गरीतयार गर्ने गरी ७ सदस्यीय शैक्षिक प्रोफाइल निमार्ण सहित पाठ्यक्रम तयारी समिति गठन गरेपछि औपचारिक रुपमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने कामको थालनी गरेको हो ।
नयाँ संविधान अनुसार स्थानीय तहले माध्यमिक तहमा १ सय पुणांकको स्थानीय पाठ्यक्रम लागु गर्ने व्यवस्था भएपछि स्थानीय तहको दोस्रो कार्यकालमा अदानचुलीले स्थानीय पाठ्यक्रम लागु गर्ने पहल थालेको हो । गाउँपालिकामा शैक्षिक गतिबिधि सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रममा यस्तो निर्णय भएको वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका सामाजीक विकास शाखा संयोजक कमलबहादुर छत्यालले जानकारी दिए ।
अदानचुली गाउँपालिका–५ का वडा अध्यक्ष समेत रहेका सामाजिक विकास संयोजक कमल बहादुर छत्यालको अध्यक्षतामा बसेको बैठकले पालकाको शैक्षिक प्रोफाइल तयार पार्न विद्यालयमा भएको बेरुजु फस्र्योट, परिक्षा सञ्चालन तथा हिउँदे विदा सहित स्थानीय पाठ्यक्रम निमार्ण, पाठ्यपुस्तक खरिद तथा ढुवानी, शैक्षिक गुणस्तर र शिक्षा ऐन तथा कार्यविधी जस्ता विषयमा छलफल गरिएको छ । बैठकले पालिकाको समग्र शैक्षिक प्रोफाइ तयार पार्न शिक्षा शाखा प्रमुख मन्दत्त ढकालको संयोजकत्वमा ७ सदसिय समिति गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार) जानकारी दिए ।
गठित समितिले वैशाख एक गते भित्र प्रकाशित गर्ने, शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षा अदानचुली गाउँपालीका १९ वटा विद्यालयमा पौष १ गते बाट सञ्चालन गर्ने, प्राथमिक तहले १० गते र आधारभुत र माध्यमिक तहले १५ गते सम्म नतिजा प्रकाशित गर्ने निर्णय भएको छ । यसैगरी बैठकले कक्षा ८ को परिक्षाका लागि सम्वन्धी विद्यालयमा प्रश्न निर्माण गरि अन्य कक्षा सँगै परिक्षा सञ्चालन गर्ने र अन्य कक्षाको लागि पनि सम्बन्धी विद्यालयले नै प्रश्न निर्माण गरी परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
आगामी शैक्षिक सत्रमा पालिका भरी विद्यालयमा एक रुपता ल्याउने, पालिकाका सम्पूर्ण विद्यालयहरुमा नयाँ शैक्षिक सत्र फागुनबाट लागु हुने गरी स्थानीय पाठ्यक्रम निमाण गर्न निर्णय गरिएको छ । शैक्षिक प्रोफाई तयार गर्नको लागि मुल समिति सहित वडा अध्यक्ष कमलबहादुर छत्यालको सयोजकमा ५ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिले स्थानीय पाठयक्रम चैत्र १ गते सम्पूण विद्यालयमा उपलब्ध गराइ सक्ने निर्णय भएको अदानचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए ।