गएको बैशाखमा सम्पन्न स्थानीय निर्वाचन देखी गाउँकार्यपालिकाको एकै बैठक राम्रो सँग बस्न नसकि बिबादीत बनेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आज बिहिबार गाउँपालिकाको सभाहलमा भुमिहिन सुकुम्बासी समस्या समाधान आयोगको कार्यक्रमले जुरायो तर जुराएको ४ घण्टा नबित्दै जसको सहजिकरण समिति गठनले फेरी बिबादीत देखीएका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख सहित जिल्ला स्थीत आयोगका सदस्यहरुको उपस्थीतीमा एक दिने अभिमुखीकरण कार्यक्रमसँगै गाउँपालिका स्तरीय सहजीकरण समिति गठन गर्ने प्रस्ताब आयोगका सदस्यहरुले गरे ।
प्रस्ताब गरे लगत्तै मञ्चमा बसेका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा र गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह सहित मञ्चमा बसेका उपाध्यक्ष सहित वडा अध्यक्षहरु र कार्यपालिकाका सदस्यहरुको सहमतीमा समिति गठन गरिएको होला भन्दै हलमा भएका अधिकांसले तालि हाने तर उपाध्यक्ष सहितका टोलीले कुनै वास्ता नगरी तालि हानेन् र चुपचाप हेरेर बसी रहे । तर त्यसो भएको रहेनछ, पछि मात्र थाहा भयो ।
आयोगका विज्ञ सदस्य मक्क सुनारले प्रस्ताबित नाम नभनी तपशिलमा उल्लेखीत नामहरु समितिको सदस्य रहने भनि घोषणा गरीएको भन्दै समितिको संयोेजकमा गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह,सदस्यहरुमा नेपाली काँग्रेश निर्वाचन क्षेत्र क का उपसभापति सेरबहादुर बुढा,नेकपा एमाले अदानचुली गाउँ कमिटिका अध्यक्ष बुध भण्डारी,माओबादी केन्द्र गाउँ कमिटिका अध्यक्ष हरीदल पुन र एकिकृत समाजबादी गाउँ कमिटिका अध्यक्ष नवराज कार्कीलाई सदस्य भएको घोषणा गरे ।
यो सँगै कार्यपालिकाका सदस्यहरुबाट २ जना मध्ये एक जना नेपालि काँग्रेशकी छ्याउँकला बुढा र अर्का समाजबादीका कमल नेपालीलाई सदस्यमा चयन भएको बताउनु भयो भने यता यस सम्बन्धी कामकाजको लागि नायब सुब्बा सुबिना गौतमलाई जिम्मेवारी दिएको भन्दै आयोगका सदस्य सुनारले घोषणा गरे र उनले भने विधान अनुसार थप तिन जना सदस्य यो समितिले मनानित गर्ने भएकाले बाँकी रहेका बताउँदै उनले भने यि तिन जना सदस्यमा एक जना,नागरीक समाज,एक जना भुमीहिन सुकुम्बसी सहित एक जना सो सम्बन्धी काम गरी रहेको नियुक्ती गर्ने प्राबधान रहेकाले सोही अनुसार पहिलो बैठकले मनोनित गर्न आग्रह गरे पछि हलले तालि बजायो तर सँगै बसेका उपाध्यक्ष कर्ण रोकाया,वडा अध्यक्ष डिलबहादुर फडेरा,स्वास्थ्य संयोजक हंस महतारा र माओबादी केन्द्रका केहीले तालि बजाएनन् ।
त्यस पछि लगत्तै गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले संबोधन गरेर कार्यक्रमलाई समापन भएको घोषणा गर्नु भयो सबै आ आफ्नो तिर गए । अध्यक्ष आफ्नो कार्यकक्षमा गए भने उपाध्यक्ष आफ्नो कार्यकक्षमा गए । यता आयोगका सदस्यहरु पनि यती ब्यस्त कि कुरै नगरौ उनलाई आजै अभिमुखीकर,आजै समिति गठन गरी आजै कार्यालय स्थापना गर्ने कार्यक्रम रहेछ । भोली गरे पनि त हुँन्थ्यो होला नी ? सोही अनुसार गाउँपालिकाको कार्यालयमा साइन बोर्ड टाँसेर फोटा लिनको लागि फेरी अध्यक्ष उपाध्यक्षलाई बोलाएर गाउँपालिकाको प्रशासनिक भबनमा बोलाए ।
उहाँहरु त्यहाँ पगे लगत्तै ३ नम्बरका वडा अध्यक्षले बाँकी रहेका ३ जना सदस्य मनोनित गरेर मात्रै कार्यलयको उद्धघाटन गर्ने अडान लिए पछि मात्र बिबादको रहस्य खुल्यो कि समिति गठनमा गाउँपालिकाका अध्यक्षले आफुखुसी गरेकाले बाँकी रहेका ३ जना सदस्य आफु निकटका कार्यपालिकाका सदस्यहरुलाई राखौ अनि मात्र यसको उद्धघाटन गर्न सकिन्छ होइन भने उद्धघाटन गर्न मिल्दैन को को हौ उनिहरु मात्र गर हामीहरु गर्दैनौ भन्दै उपाध्यक्ष कर्ण रोकायाले समेत अस्वीकार गरे पछि उद्धघाटन हुँन सकेन र ति समितिले पनि पुर्णता पाउन सकेन । तर ति तिन जना सदस्यमा कार्यपालिकाका सदस्यहरु बस्न पाउँदैनन् किनकी विद्धानले निर्दिष्ट गरेका बाहेक अन्य राख्न मिल्दैन कार्यपालिकाका सदस्यहरुबाट २ जना त अघि सिफारीस भैसकेका छन् ।
तर सो बिषयमा गाउँपालिकाका अध्यक्षले भने जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा यही ठाउँका र तपाइकै पाटीसँग सम्बन्धीत भएकाले उहाँ र मेरो सल्लाह अनुसारनै राखेका हौँ भन्दै चुपचाप बसे । तर ३ नम्बरका वडा अध्यक्ष डिलबहादुर फडेरा र उपाध्यक्षलाई यतिले चित्त बुझेन उनले त चर्को स्वरमै भने गाउँपालिका त बाहिरबाट चलायौ चलायौ यता यस किसिमका समितिहरु पनि सेटीङमै राख्न मिल्दैन,काँ छन् उपप्रमुख सञ्जय ? बोलाउनुस् यता । गाउँपालिका समन्वयका उपप्रमुख र गाउँपालिकाका अध्यक्षले मात्र चलाउने हुँन् भने हामी घर घर गए भैहाल्यो नी किन उपाध्यक्ष,वडा अध्यक्ष बनाउनु पर्यो भन्दै पट्कीय पछि सबैले यसरी बिबाद गर्नु भन्दा सल्लाह र सहकार्यको आधारमा गर्नु पर्ने भन्दै उनिहरु आ आफ्नो कार्यकक्षमा गए पछि उक्त उद्धघाटन कार्यक्रम रद्ध भयो ।