सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले गाउँपालिका निमार्णको लागि सकारात्मक सोचको अबवश्यकता रहेको बताउनु भएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकामा एक कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले गाउँपालिका निमार्णको लागि योजना,रकम भन्दा पनि हामी सबैको सकारात्मक सोचको आवश्यकता रहेको औल्याउनु भयो ।
बैशाख महिनामै पुर्ण खोपमुक्त गाउँपलिका घोषणा गर्नको लागि स्वास्थ्य शाँखा द्धारा आयोजित उक्त कार्यक्रममा अध्यष रोकायाले यस्तो बताउनु भएको छ । उहाँका अनुसार विभिन्न स्वास्थ निकायको इन्डिकेटरको अध्यन गर्दा हामी निकै तल रहेका छौं तर पनि तल छौं भन्दैमा हामी कमजोर छैनौं मात्र सकारात्मक सोचको जरुरत रहेको बताए ।
त्यसैगरी स्वास्थकर्मीले कतै हेलचेक्र्याइ गरी काम नगरे माम खान नपाइने कुरा उपाध्यक्ष चन्द्रसिंह कार्की मुक्तिले बताए । प्रमुख प्रससाकिय अधिकृत नर रावतले आफू भलो त जगत भलोको उखान वाचन गर्दै सर्केगाड गाउँपालिका ठिक छ भन्ने सोचको बिचार राख्न अनुरोध गर्नु भयो ।
हुम्लाको सर्केगाड गाउँपालिकामा खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य संयोजक बिरण बुढाथोकीले जनमानसको स्वास्थ्य माथि खेलबाड नगर्न आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा स्वास्थ्य शाँखा प्रमुख बुढाले अब चाडैं पालिका खोप मुक्त कार्यक्रममा गर्दैछौँ त्यसकारण सबैको सहयोगको आपेक्षा राखेको र स्वास्थकर्मी बिच भाइचाराको सम्बन्ध हुन जरुरी रहेको बताउनु भयो ।
स्वास्थ शाखाको आयोजनामा कोभिड १९ विरुद्ध खोप अभियान तथा बुस्टर खोप समेत सञ्चालन सम्बन्धी स्तरीय योजना तर्जुमा कार्यक्रममा उहाँले यस्तो बताउनु भयो । सर्केगाडको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रससाकिय अधिकृत, आठै वडाका अध्यक्ष र स्वास्थ संयोजकहरु बिच करिब ३ घन्टा लामो छलफल भएको हो ।
सो कार्यक्रममा स्वास्थ संयोजकहरुले आ आफ्नो समस्या र प्रगति विवरण पेश गरेका छन् । सोही कार्यक्रमको अवसरमा नयाँ नियुक्ती लिएर आएका स्वास्थकर्मी मनिता यादव, रागिनी कुमारी यादव अयब र सरिता बुढा अनमी गरि तीन जनालाई खादा र टीका लगाइ स्वागत गरिएको छ ।