सर्केगाड ९हुम्ला० । नेकपा ९एमाले०का केन्द्रीय सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हुम्लाको सदरमुकाम पुग्ने सडक कहिले पुग्छ भन्दै प्रश्न गरेका छन् ।
गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मन्त्री र मुख्यमन्त्री पद बाँढ्दै गएको प्रसंग झिक्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई एमाले सचिव भट्टराईले यस्तो प्रश्न गरेका हुन् । ‘कर्णालीका हिमाली जिल्लाहरुमा साम्यवादको खोक्रा नारासहित १७ हजार जनाको ज्यान लिने युद्ध गरेका तपाई प्रचण्ड अहिले कांग्रेसको बुई चढेर देशको प्रधानमन्त्री बनेर आप्mना बाचा पुरा गर्ने पदमा पुग्नु भएको छ’,
पुर्वमन्त्रीसमेत रहेका सचिव भट्टराईले थप्दै भने, ‘प्रधानमन्त्री ज्यू जनयुद्धताका आधार भूमी बनाउनु भएको हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालमा कहिले जोडिन्छ ?
‘समृद्ध नेपाल सुखि नेपालीको दिर्घकालीन लक्ष्यका साथ हरेक जिल्ला सदरमुकाम र गाउँपालिकाको केन्द्रलाई सडक सञ्जालमा बिस्तार गर्दै कालोपत्रे गर्ने बजेटसहितको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइरहेको सरकारलाई हटाउन अदालत पुग्नु भएका तपाई अहिले सरकारको नेतृत्व गरिहरनु भएको छ । तर गाउँमा हामी ९एमाले नेतृत्वको सरकार०ले शुरु गरेका काम अघि बढ्न सकेका छैनन् । तपाईको सरकारले के गरिरहेको छ ? भट्टराईले थप प्रश्न गरे ।
एमाले हुम्लाले आयोजना गरेको मिसन ग्रासरुट अभियानको मध्यावधी समिक्षाका अवसरमा आयोजना गरिएको आमसभालाई संवोधन गर्दै सचवि भट्टराईले समृद्ध देश निर्माण गर्न एमालेको विकल्प कुनैपनि दल हुन नसक्ने दावी गरे ।
देशमा समाजवाद निर्माणको नेतृत्व एमालेले मात्रै गर्ने दावी गरेका उनले विपीले शुरु गरेको समाजवादको निर्माण घोलाकार घेरा भित्रको हँसिया हतौडामा मतदान गरेर पुरा हुन नसक्ने कुरामा हेक्का राख्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरे । कंग्रेसका सभापति सेरबहादुर देउवाले आफू सत्तामा पुग्नका लागि पार्टीका नीतिलाई लत्याएर जस्तो सुकै कदम चाल्नपनि तयार हुने आरोप लगाएका सचिव भट्टराईले भने, साम्यवादका नारा लगाउने तपाई ९माओवादी केन्द्रका नेताहरु०लाई रुखमा गरेको मतदानले सत्ताको पसल थापेर साम्यवाद आउँछ भन्ने लाग्छ ?
विगतका तुलनामा कर्णालीको अवस्थामा सुधार आएको बताएका भट्टराईले हुम्लाको समृद्धीका लागि आप्mनो पार्टीले कर्णाली कोरिडोर र कर्णाली राजमार्गलाई अघि सारेको बताए ।
आफू पर्यटन मन्त्री हुँदा सिमकोट विमानस्थलको स्तरोन्नतीको काम अघि सारेको बताएका भट्टराईले हरेक वर्ष हुम्लाहुँदै कैलास मानसरोवर जाने कम्तीमा ५ लाख आन्तरिक र बाह्रय पर्यटकहरुलाई भित्र्याउने नीति स्थानीय, प्रदेश र संघीय सरकारले लिने हो भने यहाँको जीवनस्तर बदलिने बताए ।
समाजवादको यात्रा कम्युनिस्ट पार्टीका नाममा सत्ताको पसल थापेर समाजवादको यात्रा पुरा हुन नसक्ने उल्लेख गर्दै उनले वास्तविक समाजवादको यात्रा गर्न माओवादी र एकिकृत समाजवादीलाई एमालेको नेतृत्वमा आएर वृहत कम्युनिस्टा पार्टी निर्माणमा लाग्न आब्हान गरे ।
एमाले हुम्लाका उपाध्यक्ष डबल रावतको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य निरज आचार्य, नवराज रावत, दल रावल, दल फडेरा र डम्बर सिंहलगायतका नेताहरुले मिसन ग्रासरुट अभियान र एमाले नेतृत्वको सरकारले गरेका कामको चर्चा गरे ।