अदानचुली गाउपालिका अध्यक्ष मोहन विक्रम सिहले सडकको तल माथि मनपरि रुपमा वालुवा गिट्टी उत्खनन भएको बताउनु भएको छ । गाउपालिका बाट हुम्ला मुगु कर्णलीको दोभानमा निर्माण हुँदै गरेको झुलुँगे पुलको अनुगमनमा पुगेका अध्यक्ष सिहले यस्तो बताउनु भएको हो ।
अदानचुली एकमा पर्ने कुँणा भन्ने ठाउँमा सबै भन्दा बढी उत्खनन भएको पाईएकोले आगामी दिनमा जथाभावि रुपमा उत्खनन नगर्न र नगराउन अनुरोध गर्नु भएको छ । एक तर्फ बाट सुरु गरि माथिबाटको माटो मिसिदा पुन अर्को ठाउँमा उत्खनन गर्ने गरेर सडकलाई क्षेती पुग्ने गरेको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
आसपासका स्थानीयले उत्खनन गर्न रोक्न खोज्दा मुखाबिला भएको गुनासो गरेको बताए ।तर स्थानीय नाम भन्न मानेनन् । अध्यक्ष सिहले यथार्त थाहा भए कार्बाही प्रक्रिया सुरु गर्ने भनेपछि स्थानियले नाम भन्न नमानेका हुन् ।
त्याहाँ बाट आवतजावत हुने सवारीसाधनहरुलाई समस्या हुने अवस्थामा पुगेको बताईएको छ । कर्णाली करिडोरमा मात्र नभएर ग्रामिण सडकमा समेत मनपरि ढुँगा माटो उत्खनन भएको देखेसँगैे तत्काल रोगथाम गर्ने सुचना प्रकासित गर्ने बताए । अब थप समस्या हुन बाट सचेत हुन उहाको सचिवालयले जनायको छ ।
जानकारी गराउँदा गराउँदै पनि पुन त्यास्तो भएको पाईएमा कडा कार्बाही गरिने चेतावनी दिनु भएको छ । एउटा सँरचना निर्माण गर्दा अर्को सँरचनामा क्षेती गर्नु भन्दा बालुवा उत्खनन्का लागी गाउँपालिका कार्यपालिकामा छलफल गरेर विकल्प खोज्न सकिने बताउनु भएको छ ।
हुम्ला,मुगु कर्णलीको दोभानमा झुलुँगे पुल निर्माण भएको करिब २वर्ष बढी भईसक्दा पनि अहिले सम्म सम्पन्न हुन नसेको स्थानीयको गुनासो पछि गाउँपालिका अध्यक्ष सिह सहित वडा न १का वडा अध्यक्ष अक महतार, वडा न ५का वडा अध्यक्ष कमल बहादुर छत्याल लगायत केही वडा सदस्यहरुले सँबन्धीत स्थलमा पुगेको गाउँपालिकाका कम्प्युटर अप्रेटर रमेश छत्यालले जानकारी दिए ।