अदानचुली गाउँपालिकाको बाह्रौ हिउँदे गाउँसभा भएको छ । पालिकाको सभाहलमा सञ्चालीत उतm हिउँदे गाउसभाले ३ करोड ६ लाख विनीयोजन गरेको छ । जसमा सेरा देखि कालागाड सडक निर्माणका लागी ४० लाख विनियोजन भएको छ भने बुका खोला देखि काटेखौला सम्म सडक निर्माणमा ३० लाख विनियोजित भएको छ ।
यसैगरी आम्ली खोला देखि रिल्म सम्म सडक निर्माणमा २५ लाख विनियोजन हुदा श्रीनगर बृहत खानेपानीमा ट्याँकी निर्माण एक दुई तीन वडाका लागी १५ लाख र सोही खानेपानीकै मुहान च्याम्वर निर्माण तथा पाईप परिवर्तनमा २० लाख विनियोजीत भएको छ । यस्तै कालागाड पाल्स सडक निर्माण २० लाख विनियोजन हुदा उतm गाउँसभाले तिउनेली भिड कल्खे सडक निर्माणमा २५ लाख विनियोजन गरेको छ ।
वडा न चार,पाँच र छ मा म्याचिङ फण्डका लागी १९ लाख,कल्खे फिल्ड निर्माण आयोजना ५ लाख,वडा न २को वडा कार्यलय भवन मर्मत १० लाख,वडा न ३ कार्यलयको फिल्ड निर्माण १५ लाख,वडा न ४को अनारखेत सिचाई ५लाख,वडा न ५को ओखर पकेट कार्यक्रम १० लाख,मोवाईल टावर निर्माण तथा ढुवानी च्याम १० लाख,छहरा खेत लघु जलविद्युत आयोजना मर्मत ६ लाख,पुजिगत कार्यक्रम खर्च २३ लाख,पुजिगत कार्यक्रम खर्च वडा न छ १० लाख हिउँदे गाउँसभामा प्रस्तुत भएको छ ।
चालु भैपरी खर्च रहेको अबण्डा रकम कर्मचारी तलव भत्ता तथा अन्य अपुग खर्च शिर्षकमा १ करोड विनियोजन भएको छ । भईपरि पुजिगत कार्यक्रममा ५ करोड ८९ लाख १२ हजार ५सय ४५ रकम रहेको उपाअध्यक्ष कर्ण रोकायाले बताए ।
बाँकी विनियोजीत योजना कार्यक्रममा २ करोड ८३ लाख १२ हजार ५सय ४५ विनियोजन भएको छ । गाउँसभामा पेस हुने प्रस्ताव प्रस्तुत हुनु पुर्व उपाअध्यक्षले पुर्खाको उखान जस्तै ढिलै होस् छोरै होस् भन्ने हेतुले पारिवारीक खटपटले ढिलाई भएको बताउनु भयो । पहिलेको भन्दा केही फरक हुनु पर्छ भन्ने उदेश्यका साथ खडवड नभएर सपटले मात्र राम्रो नहुने हुदा एकता र जवाफदेहिताको खोजिमा रहेको उपाअध्यक्ष रोकायाको भनाई छ ।
अदानचुलि गाउँपालिकाको हिउँदे गाउँसभामा निम्न ऐन र कार्यविधिहरु पारित
ड्ड गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७९
ड्ड टोल विकाश सस्था व्यावस्थापन कार्यविधी २०७९
ड्ड कन्टीजेन्सी रकम खर्च व्यावस्थापन कार्यविधी २०७९
ड्ड गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन कार्यविधी २०७९
ड्ड विगतका वर्षमा पारित कार्यविधी सँसोधन ऐन २०७९
माथिको ऐन र कार्यविधीको बारे नितीगत रुपमा प्रस्ट पार्दै निमित प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाहीले आउँदो वर्षको बजेटमा लागु हुने गरी तयारीमा लाग्ने बताए । ऐन र कार्यविधीको प्रस्ताव पेस गर्ने वडा न ५का वडा अध्यक्ष कमल बहादु छत्याल,वडा न ४का वडा अध्यक्ष मनरिसी पाण्डे, वडा न २ का वडा अध्यक्ष नन्द महतारा, वडा न ३ का वडा अध्यक्ष डिल बहादुर फडेरा र वडा न ६ का वडा अध्यक्ष,बृख बहादुर बुढाले सँयोजकत्वको भुमिका निर्वाह गर्ने छन भने । कर्मचारीहरुले कानुनी सल्लाहकारको भुमिका निर्वाह रहने निमित प्रमुख प्रसासकिय अधिकृत शाहीको भनाई छ ।
गाउँसभा सदस्याको जिज्ञसामा अध्यक्षको जवाफ
हिउँदे गाउसभाको रकम शिक्षा र स्वास्थ्यमा विनीयोजीत नभएको भन्दै केही गाउँसभाका सदस्यले टिपर्णी गरे । सडक र वडालाई प्राथमीकतामा राखेको तर शिक्षा र स्वास्थ्यलाई बजेटमा अटाउन नसकेको गाउसभा सदस्य सिह बोहोराले बताए ।
धारण व्यतmगर्ने क्रममा सवारी चालकको चरम लापरवाई रहेकोले तत्काल लाईसेन्स खोजीनु पर्ने र समय गुज्रेका सामानहरु विक्रि विरण भएको हुन सक्ने भन्दै बजार अनुगमन आवश्यक रहेको गाउसभा सदस्य नरदिप शाहीले बताए । गाउँसभा सदस्य गोर पुन ,राजेन्द्र बुढा, सिह रोकाया र मकविर छत्यालले पनि आप्नो भनाई व्यतm गरे । समयमै सामाजिक सुरक्षा भत्ता वितरण हुन नसक्नु,सडक तलमाथि उत्खनन गरेर जोखिम बनायको गाउँसभा सदस्यको भनाई रहेको थियो ।
गाउसभा सदस्यको धारणमा गाउपालिका अध्यक्ष मोहन विक्रम सिहले जवाफ दिनु भएको छ । गाउँसभा सदस्यको भनाई जाहेज रहेकोमा सर्मथन जनाउदै सबैको साथ रहे अराजक कार्यको न्युनिकरण गर्न सकिने दावि गरे ।
अध्यक्ष सिहले भने राष्ट्र आर्थिक मन्दीमा रहदा २० प्रतिसत बजेट घटेर आएको छ । सोही कारण चाहाँदा चाहाँदै पनि शिक्षा,स्वास्थ्य,रोजगार,सिपमुलक तालिम लगायतका धेरै शिर्षक नसमेटीनुमा सरकारको प्रमुखको हैसियतले क्षमा मागे । आउदो वर्षको बजेटमा छुटेका शिर्षक प्राथमिकतामा राख्ने अध्यक्ष सिहले प्रतिवद्धता व्यतm गरेका छन ।