अदानचुली गाउँपालिकाले आज(मंगलबार) पहिलो पटक बजार अनुगमन गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमलबहादुर छत्याल सहित निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही सबै वडाका वडा अध्यक्षहरुसँगै गाउँपालिकामा कार्यरत क्रमचारीहरुको संयुक्त टोलीले श्रीनगरमा रहेको बजारको अनुगमन गरेको छ ।
बजारमा दैनिक रुपमा बिक्री बितरण भैरहने खाद्य तथा अखाद्य बस्तुहरुको गुणस्तर,पशल ब्यवसायहरु दर्ता छन् की छैन ? के कस्ता सामाग्रीहरु बिक्रि भैरहेका छन् भन्दै उक्त टोली श्रीनगरमा भएका पशल र होटलहरुको अनुगमन गरिएको अनुगमन टोलीका संयोजक समेत रहेका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले बताउनु भयो ।
अधिकृत शाहीका अनुसार कुनै पनि ब्यवसायीले आफ्नो ब्यवसाय दर्ता नबिकरण गरेको छ की छैन ? मुल्यसुची राखीएको छ वा छैन,साइनबोर्ड,नापतौल सामाग्री,लेबल,म्याद नाघेको सामाग्री बिक्री गरेका छन् कि , साथै प्यान वा भ्याट के मा दर्ता गरीएको छ ,बिक्री बिल दिने प्रकृया के छ,खाद्य अनुज्ञा पत्र र यस अघिको निर्देशन पालना भएको छ की छैन भन्ने कुराहरुको अनुगमन गरिएको बताउनु भयो ।
आज(मंगलबार) गरिएको अनुगमनमा बिभिन्न पशलहरुबाट केही मशलाहरु,बिस्कुट र फ्रुटी म्याद नाघेको भेटीए पछी बरामत गरी नष्ट गरीएको छ ।
अबदेखी देखी गाउँपालिकाबाट हुँने कुनै पनि कारोबार खाताबाटै गरीने भएकाले पनि अनिवार्य पशल ब्यबसायीले दर्ता गरी खाता सञ्चालन गर्नु पर्ने भएको छ । बजार अनुगमन गरे लगत्तै बसेको अनुगमन टोलीको बैठकले अनुगमनमा भेटीएका कमी कमजोरीलाई तत्काल ब्याबसायीलाई सुचना दिने र दर्ता भएकालाई सुचिकृत गर्ने तथा दर्ता नभएकाहरुको आजका मितिले १ महिना भित्र अनिवार्य दर्ता गर्नु पर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए ।
बजार अनुगमनमा निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही, कार्यबाहक अध्यक्ष कमलबहादुर छत्याल,१ नम्बरका वडा अध्यक्ष अके महतारा,२ नम्बरका वडा अध्यक्ष नन्द महतारा,३ नम्बरका वडा अध्यक्ष डिलबहादुर फडेरा,४ नम्बरका वडा अध्यक्ष मनरीसि पाण्डे सहित गाउँपालिका स्थीत सबै शाखाका प्रमुखहरु,सुरक्षाक्रमी र सञ्चारक्रमीको समेत उपस्थिती रहेको थियो ।