हुम्ला अदानचुली ५ का वडा अध्यक्ष कमल छत्यालले नेपाली जनताले यस वर्ष निकै ठुलो उपलब्धी हाँसील गरेको बताउनु भएको छ । अदानचुली गाउँपलिकाले बुधबार गाउँपालिकाको सभाहल आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष छत्यालले यस्तो बताउनु भएको छ ।
गाउँपालिकाले गाउँपालिका भरीका सबै वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु,सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु सहित गाउँपालिका भरीका क्रमचारी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुलाई बलाएर शुभकामना आदन प्रदान कार्यक्रम गरेको उक्त कार्यक्रममा छत्यालले आफुहरु पनि यसै वर्ष निवार्चित भएको बताउँदै संघिय र प्रादेशीक निर्वाचन मार्फत नयाँ जनप्रतिनिधिहरु पाउनु र सयौ नयाँ क्रमचारी पाउनु पनि निकै ठुलो उपलब्धी भएको प्रतिकृया दिनु भएको छ । भने आउँदा दिनहरुमा पनि सहमती सहकार्य गरेरै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कायक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले क्रमचारीहरुलाई आफुहरुले निति बिधि र कानुन र कार्यबिधि भन्दा बाहिर नगई सरकारले ल्याएको नारा सपना पुरा गर्ने बिस्वास ब्यक्त गर्नु भयो ।
बैशाख १ गतेबाट नयाँ वर्ष २०८० को सुरुवात हुँने भएकाले गाउँपालिकाले आजै सबैलाई बोलाएर एक आपसमा शुभकामना आदन प्रदान कार्यक्रम सहित यस वर्ष गाउँपालिकामा आएका नयाँ २२ जना क्रमचारीहरुलाई स्वगत सहित खादा लगाएर सम्मान समेत गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताउनु भएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा बोलदै एकिकृत समाजबादी गाउँ कमिटिका अध्यक्ष नवराज कार्कीले यस वर्ष गाउँपालिकामा भएको बिबादलाई केन्द्रीत गर्दै यस वर्ष ति सबै राउ,केतु सनि सर जस्ता ग्रहहरु हटेर जाउन भन्ने प्रतिकृया दिनु भयो ।
यसै गरी माओबादी केन्द्र गाउँ कमिटिका अध्यक्ष हरीदल पुनले नयाँ वर्षको शुभकाना दिदै अन्य गाउँपालिकामा गणतन्त्र आएको भए पनि हाम्रो गाउँपालिकामा गणतन्त्र नआएको प्रतिकृया दिए भने वडा नम्बर ३ का अध्यक्ष डिबहादुर फडेराले उक्त कार्यक्रमकै अवसरमा सरकार यस अघि एकलौटे तरिकाले अघि बढे पनि अब त्यो गर्न नमिल्ने भन्दै आफुहरु सबै समिक्षा गरेर अघि बढ्ने बताउनु भयो ।
सरकारले क्रमचारीहरु मनोमानी भर्ना गरेको तर्फ संकेत गर्दै आफ्नो घर बनाउने तथा आफन्तो कोच्ने कुरामा हामीहरु सहमत छैनौचोरबाटो बाट हैन मुल ढोकाबाट आएकाहरुलाई मात्र आफुहरु मान्ने वडा नम्बर ४ का वडा अध्यक्ष मनरिसी पाण्डेको भनाइ छ ।
कार्यक्रममा सबै दलका प्रतिनिधिहरु,वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु,स्वास्थ्य संयोजक हंस महतारा, सुर्योतय माबिका अध्यक्ष अनिता बुमी,जनकल्याण आधारभुत बिद्यालयका प्रधानाध्यापक परबहादुर थापा र सुपाखेत प्रा बी कि प्रधानाध्यापक जयलक्ष्मी शाहीले शुभकामना मन्तब्य मार्फत सबैलाइ शुभकामना दिनु भयो ।
गाउँपालिकाले शुभकामना आदान प्रदान कार्यक्रममा २२ जना नयाँ आएका क्रमचारीलाइ स्वागत सहित सम्मान समेत गरेको छ ।
कार्यक्रमका फोटाहरु